आज ८६६३ जना कोरोना संक्रमण मुक्त, १०१ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ६ हजार ६५३ जनामा थप पुष्टि भएको छ । आज पीसीआरमाध्यमबाट २० हजार ८१३ जनाको परीक्षण गर्दा ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी आज ८ हजार ६६३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।

नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले मृत्यु भएको छ । योसँगै नेपालमा जम्मा ७ हजार ७३१ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको तथ्याङ्क रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...