कोरिया सरकारद्वारा स्वास्थ्य सामाग्री सहयोग

 लिम्बुवान न्युज
                       

काठमाडौं । कोरियाली सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत कोरियाले दुई लाख अमेरिकी डलर बराबारको कोरोना परीक्षण किट सहयोग गरेको हो ।

नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले शुक्रबार उक्त रकम बराबरको किट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्र्तराट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् । उक्त किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने जनाइएको छ ।

उक्तसामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत छङसुकले सहयोगले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि परीक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

हस्तान्तरणकार्यक्रममा अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका नेपाल प्रमुख खो सङहुनले नेपालको महामारी नियन्त्रणका लागि कोइकामार्फत नेपाल सरकारलाई निरन्तर सहयोग गर्ने बताएका छन् । आगामी अगष्टसम्ममा अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया अगाडि बढाएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने योजना रहेको समेत जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...