जसपा महन्थ पक्ष संघीय सरकारमा सहभागीको प्रत्यक्ष असर प्रदेश २ मा

,   लिम्बुवान न्युज
                       

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा), नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताले प्रदेश २ सरकारमा प्रत्यक्ष असर पारेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपाका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने तयारीमा लागेको पार्टी स्रोतले जनाएको छ ।

जसपा प्राविधिक रूपमा एक पार्टी भएपनि हाल पार्टी व्यावहारिक रुपमा विभाजन भइसकेको जस्तो देखिएको छ । अध्यक्ष यादव पक्षले प्रदेश सरकारमा पूर्वराजपाका मन्त्रीहरूलाई हटाएर केन्द्रको विपक्षी गठबन्धन सम्मिलित सरकार बनाउन लागेको उनीनिकट स्रोतले बताएका छन् । प्रदेश २ को मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका यादवले नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । भेटमा निधिले मुख्यमन्त्री दिन प्रस्ताव राखेका छन् ।

प्रदेश २ सभामा १ सय ४ सांसद छन्  । जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन्  । त्यसैगरी एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । यो प्रदेशमा एमालेका २१ मध्ये खनाल–नेपाल समूहमा बहुमत सांसद रहेका छन्  । तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेको हुँदा कांग्रेस र माओवादी केन्द्रको समर्थन रहेमा अध्यक्ष यादव नयाँ सरकार पुर्नगठन गर्ने निर्णयमा पुगेका हुन् ।

त्यस्तै, केपी शर्मा ओली नेतृत्वको संघीय सरकारका सहभागी हुने जसपाका सबै नेतालाई यादव पक्षले निष्कासन गर्ने जनाएको छ । यादवको अध्यक्षतामा यहि जेठ ८ मा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
नेता खतिवडाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर मन्त्री भएका सबैलाई पार्टीबाट निष्कासन गरिने बताए । ओली नेतृत्वको सरकारमा सहभागीमध्ये पार्टीका गरिएको थियो ।

वरिष्ठ नेता राजेन्द्र महतो र नेता लक्ष्मणलाल कर्णलाई यसअघि नै निष्कासन गरिसकेको यादवले मन्त्रीहरू शरतसिंह भण्डारी, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, राज्यमन्त्रीहरू चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई पार्टीबाट निष्कासन गरिने भएको हो ।

उपप्रधानसहित सहरी विकासमन्त्री भएका बरिष्ठ नेता महतोले कारबाहीको कुनै अर्थ नहुने बताए ।  कागजी बहुमत देखाएर हुने कारबाहीको कुनै अर्थ नभएकाे तर्क गरेका महताेले ६०/७० प्रतिशत बहुमत हामीसँग छ,’ भने । नेता महताेले तराई–मधेसका माग अनुसार मुद्दा सम्बोधन भएकाले सरकारमा सहभागी भएकाे बताएका छन् । तर, हाम्राे ध्यान मुद्दामाथि नै केन्द्रित रहेकाे बताए ।

 

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;