अफ्रिकी मुलुक बुर्किना फासोमा आतंककारी हमला, १३२ को ज्यान गयो

 लिम्बुवान न्युज
                       

काठमाडौं । पश्चिम अफ्रिकाको भूपेरिवेष्ठित मुलुक बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा परी ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको छ ।

राती बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका हुन् । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले छन् ।

बुर्किना फासो सरकारले यो घटनालाई हालका वर्षहरुमा भएको सबैभन्दा ठूलो आक्रमण भनेको छ । यो आक्रमणको अहिलेसम्म कुनै कट्टरपन्थी समूहले जिम्मेवारी लिएको छैन । तर पछिल्ला वर्षहरुमा इस्लामीक कट्टरपन्थी समूहको आक्रमणले देशको सीमावर्ती क्षेत्रहरु नाइजर र मालीको सिमाना अशान्त हुने गरेकोले सोही समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।

यस घटनाको संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । उनले विज्ञप्ति निकाल्दै भनेका छन्, “म यस जघन्य आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । हिंस्रक चरमपन्थ र यसविरुद्ध भएका मृत्यु विरुद्ध लड्नेबारे सहयोग गर्न सबै देशहरूसँग आह्वान पनि गर्दछु ।’ बिबिसीबाट

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...