दमक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदै

 लिम्बुवान न्युज
                       

दमक/विश्व बैंकको सहयोगमा दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट जडानको गृहकार्य शुरु भएको छ । अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सोका लागि आवश्यक सहयोग र समन्वयका लागि दमक अस्पताललाई पत्राचार गरेको जनाइएको छ ।

एक महिना भित्रै दमकमा प्रतिघण्टा ४० घन मिटर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट स्थापना हुने जनाइएको छ । विश्व बैंकको सहयोगमा संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनओएसपी नामक परियोजनाले सो कार्यका लागि आज (आइतबार) दमकमा अक्सिजन प्लान्ट जडानका लागि उपलब्ध जग्गा, त्यहाँँको भौतिक अवस्था तथा आवश्यक अन्य पूर्वाधारहरुको स्थलगत जानकारी लिएको दमक अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।

यहाँ जडान हुने सो प्लान्टका लागि आवश्यक उपयुक्त परिमाणको जग्गाको पहिचान, प्लान्टलाई अस्पतालको वितरण प्रणालीमा जोडने, बिद्युत प्रणालीको जडान तथा आवश्यक टहरा निर्माण लगायतका कामको जिम्मा सम्बन्धित अस्पतालको रहनेछ भने अन्य प्राविधिक तथा उपकरण विश्व बैंकको सहयोगमा सो परियोजनाले व्यवस्थापन गर्नेछ । यो दमकका लागि ठुलो उपलब्धी भएको बताउँदै उपप्रमुख अधिकारीले भनिन– ‘जति सक्दो छिटो यसलाई सञ्चालनमा ल्याउने हाम्रो प्रयत्न हुनेछ ।’

यतिबेला कोरोना संक्रमणका कारण संक्रमितहरुमा अक्सिजनको मात्रा कमि हुन गई समयमा कृत्रिम प्राण वायु अर्थात अक्सिजन उपलब्ध नहुँदा अकालमा ज्यान जाने क्रम छ । यो प्लान्ट स्थापनापछि दमकका अतिरिक्त प्रदेश एकका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव हुन पाउने छैन । सरकारले एक सय बेड वा सो भन्दा बढी सबै अस्पतालहरुलाई आफैं अक्सिजन उत्पादन गर्ने व्यवस्था मिलाउन निर्देशन गरिसकेको अवस्थामा यो प्लान्टले साना अस्पतालहरुलाई राहत पुग्नेछ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...