प्रदेश २ का ४ मन्त्री बर्खास्त प्रदेश प्रमुखद्वारा सदर

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। प्रदेश २ का ४ मन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् । आइतबार प्रदेश सरकारले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई मुख्यमन्त्रीको सिफारिसमा पदमुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता होम प्रसाद घिमिरेले जानकारी दिए । मन्त्री सोनलले जिम्मेवारी पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी मुख्यमन्त्री लालबाबु राउतले आफू मातहत राखेका छन् ।

पूर्व राजाका दुई मन्त्रीहरु सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पछिल्लो समयमा उपेन्द्र यादव समूहतिर लाग्दा उनीहरुको पद जोगिएको हो ।

जसपाको उपेन्द्र पक्षले वर्तमान मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई नेता चयन गर्न उपेन्द्र खेमाका ३० जना र पूर्व राजपाका ६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

राजेन्द्र महतो समूह संघीय सरकारमा गएपछि उपेन्द्र समूहले प्रदेश २ सरकारबाट उनी निकटका मन्त्रीलाई हटाएको हो । अब प्रदेशमा कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने राजपाको तयारी रहेको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...