पाँचथरमा निषेधाज्ञा जेठ ३१ सम्म थपियो

 लिम्बुवान न्युज
                       

सुबास केरुङ ‘नुनाम’

पाँचथरमा निषेधाज्ञा चौथो पटक पुनः थप गरिएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन जिल्ला स्तरीय बैठकले जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गर्दै जिल्ला प्रशासन कार्यलयले चौथो पटक निषेधाज्ञा जारी गरेको हो ।

संकट ब्यवस्थापन सम्बन्धमा ब्यावस्था गर्न बनेको आध्यादेश २०७८ बमोजिम जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गर्दै जेठ २४ गते राती १२ बजे देखि जेठ ३१ गते मध्यराती १२ बजेसम्म पाँचथर जिल्ला भरी लागू हुने निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक सरकारी, सार्बजनिक कार्यालय तथा बैंक बित्तीय संस्था लगायत लाई भने हप्ता दुई पल्ट (सोमबार र बिहिबार) बिहान ११ः०० देखि २ः०० बजे सम्म संचालन हुने र बिबाह र मृत्यु संस्कारको लागि बढिमा १० जना र प्रशासनको अनुमतिपत्र लिएर मात्र गर्न पाइने जारी आदेशमा भनिएको छ । साथै पसल तथा खाद्यान्नको सवालमा बिहान ५ः०० देखि ९ः००बजेसम्म खोल्ने उल्लेख छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोकथामका लागि गरिएको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त भई प्रभावित भइरहेको छ । यसै सन्दर्भमा पाँचथरका मानवअधिकारकर्मी मंगल बेघा भन्नू हुन्छ–“यस निषेधाज्ञाले मजदुर तथा बिपन्न बर्गहरुमा जिबिकोपार्जनको लागि ठूलो समस्या रहेको छ , यस बिषयमा सरकार, राज्य र स्थानीय सरकारले समाधानको उपायबारे ध्यान दिनु पर्ने देखिन्छ ।” पाँचथरका सबै स्थानीय जनप्रतिनिधिहरु स्थानिय निकाय लगायतले यस निषेधाज्ञालाई केही खोकुलो पार्नु पर्नेमा जोड दिएका छन् ।

कोभिड–१९ को महामारीसंगै निषेधाज्ञा भएको तीन साता बितिसक्दा पाँचथरको खाद्यान्न र आवश्यक सामग्रीको ब्यवस्थापन र परिपूर्तिको सन्दर्भमा उपभोक्ताहरुले सदा झै किनमेल गर्ने ठाउँसम्म आवश्यक खाद्यान्न पु¥याउन र जिल्ला बाहिरबाट आएका मालबाहक साधनलाई सहजीकरणको भूमिका निभाउँदै आवश्यक ब्यावस्थापनमा जोड दिएको उद्योग बाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले बताए । उनले यस महामारीलाई पूर्ण परास्त गर्न आ–आफ्नो ठाउँबाट नियमन पालना गर्न पनि अनुरोध गरे ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...