पाँचथरमा निषेधाज्ञा जेठ ३१ सम्म थपियो

 लिम्बुवान न्युज
                       

सुबास केरुङ ‘नुनाम’

पाँचथरमा निषेधाज्ञा चौथो पटक पुनः थप गरिएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन जिल्ला स्तरीय बैठकले जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गर्दै जिल्ला प्रशासन कार्यलयले चौथो पटक निषेधाज्ञा जारी गरेको हो ।

संकट ब्यवस्थापन सम्बन्धमा ब्यावस्था गर्न बनेको आध्यादेश २०७८ बमोजिम जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गर्दै जेठ २४ गते राती १२ बजे देखि जेठ ३१ गते मध्यराती १२ बजेसम्म पाँचथर जिल्ला भरी लागू हुने निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक सरकारी, सार्बजनिक कार्यालय तथा बैंक बित्तीय संस्था लगायत लाई भने हप्ता दुई पल्ट (सोमबार र बिहिबार) बिहान ११ः०० देखि २ः०० बजे सम्म संचालन हुने र बिबाह र मृत्यु संस्कारको लागि बढिमा १० जना र प्रशासनको अनुमतिपत्र लिएर मात्र गर्न पाइने जारी आदेशमा भनिएको छ । साथै पसल तथा खाद्यान्नको सवालमा बिहान ५ः०० देखि ९ः००बजेसम्म खोल्ने उल्लेख छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोकथामका लागि गरिएको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त भई प्रभावित भइरहेको छ । यसै सन्दर्भमा पाँचथरका मानवअधिकारकर्मी मंगल बेघा भन्नू हुन्छ–“यस निषेधाज्ञाले मजदुर तथा बिपन्न बर्गहरुमा जिबिकोपार्जनको लागि ठूलो समस्या रहेको छ , यस बिषयमा सरकार, राज्य र स्थानीय सरकारले समाधानको उपायबारे ध्यान दिनु पर्ने देखिन्छ ।” पाँचथरका सबै स्थानीय जनप्रतिनिधिहरु स्थानिय निकाय लगायतले यस निषेधाज्ञालाई केही खोकुलो पार्नु पर्नेमा जोड दिएका छन् ।

कोभिड–१९ को महामारीसंगै निषेधाज्ञा भएको तीन साता बितिसक्दा पाँचथरको खाद्यान्न र आवश्यक सामग्रीको ब्यवस्थापन र परिपूर्तिको सन्दर्भमा उपभोक्ताहरुले सदा झै किनमेल गर्ने ठाउँसम्म आवश्यक खाद्यान्न पु¥याउन र जिल्ला बाहिरबाट आएका मालबाहक साधनलाई सहजीकरणको भूमिका निभाउँदै आवश्यक ब्यावस्थापनमा जोड दिएको उद्योग बाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले बताए । उनले यस महामारीलाई पूर्ण परास्त गर्न आ–आफ्नो ठाउँबाट नियमन पालना गर्न पनि अनुरोध गरे ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...