आजबाट चीनियाँ अनुदानको भेरोसेल खोप लगाईदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २५ जेठ । चीनसरकारद्वारा अनुदानबाट प्राप्त चीनियाँ भेरोसेल खोप विभिन्न उमेर समूहकालाई आजबाट लगाइने भएको छ । सरकारले काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका लगाइने जनाइएको छ ।

सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै तिब्बतसँग जोडिएको हिमाली जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत खोप दिन भनिएको छ । यस्तै सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचकालाई पनि पहिलो डोज लगाउने जनाइएको छ ।

अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

खोप शाखाकाले दिएको जानकारी अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने अधिकार दिइएको छ । विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति तलमाथि हनु सक्ने भनिएको छ । यद्यपी स्वास्थ्य सेवा विभागले आज एकै दिन सबै जिल्लामा खोप अभियान सुरु गर्न सातै प्रदेश मार्फत सबै जिल्लालाई निर्देशन दिएको हो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...