प्रदेश २ को बैठक विपक्षीदलद्वारा अवरुद्ध

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २५ जेठ । विपक्षी दलले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । आज (मंगलबार) बसेको प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक विपक्षी दलहरुले अवरुद्ध गरेका हुन् ।

विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको बताए । उनले यो निर्णय नसच्याएसम्म बैठक अवरुद्ध रहने बताए ।

कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बताए । नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि यसलाई सच्याउनुपर्ने बताए ।

प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा सहभागी हुने भनिएपनि अनुदानको योजनालाई लिएर विवाद देखिएको छ । मुख्यमन्त्रीले यसको जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;