उत्तरप्रदेशमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बवानखबर, २४ जेठ। भारतको उत्तरप्रदेश स्थित कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

भारतीय प्रहरीका अनुसार तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको र १७ जनाको मृत्यु भएको जानकारी भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको थियो । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । तिव्रगतिमा गुडी रहेको बस अनियन्त्रित भई दुर्घटना अत्यन्तै भयानक भएको थियो कि कि घटनास्थलमै धेरैको मृत्यु भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री विपद कोषबाट मृतकका परिवारलाई जनही दुई लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन् ।

यस्तैगरी मुख्यमन्त्री आदित्यनाथले दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...