काँग्रेस १४औं महाधिवेशन निर्धारित समयमा नै गर्ने प्रतिबद्धता– सभापति देउवा

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा पार्टीको महाधिवेशन गर्नपूर्ण प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पेस वक्तव्य जारी गर्दै देउवाले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताए ।

काँग्रेसले आगामी भदौँ ७–१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । सोही कार्यतालिका अनुसार काम अघि बढिरहेको जनाइएको छ ।
विज्ञप्तिमा देउवाले लेखेका छन्, ‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । पार्टीको महाधिवेशन भनेको प्राविधिक र प्रशासनिक मात्र नभएर राजनीतिक अभियान पनि भएको साथै पार्टीलाई जिवन्तता दिनका लागि यो एउटा महायज्ञ समेत हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहे वा नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति पार्टी हित विपरित भएको भन्दै पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको हुनाले यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा सभापति देउवाले जोड दिएका छन् ।

अबको यो दुई महिनामा सबै आन्तरिक कामहरु सकेर कांग्रेसको महाधिवेशन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट दत्तचित्त भई लाग्न पार्टी पङ्क्तिलाई देउवाले आह्वान गरेका छन् ।

कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि देउवाले पार्टी पंक्तिलाई अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...