आज सभामुखको आव्हानमा सर्वदलीय बैठक बस्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध गरेका सभामुखले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका हुन् ।

आज दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । कोरोना महामारीका बिच देशको राजनीतिक संकट समाधानको लागि छलफल गर्न बैठक बोलाइएको हुन सक्ने जानकारहरु बताउँछन् ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...