लिम्बुवानखबर, २९ जेठ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । विश्वासको मत गुमाएका गुरुङ्ले पुनः प्रदेश प्रमुख समक्ष आज मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । जसपा र जनमोर्चाको समर्थनमा दाबी पेश गरिएको गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताएका छन् ।
शुक्रबारनै विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा माओवादी, जसपा र स्वतन्त्र प्रदेशसदस्य दिपक मनाङे समेत गरि ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।