कोरिया जान पाउनु पर्ने माग ट्वीटरको टेन्डिङमा

 लिम्बुवान न्युज
                       

काठमाडाैं/ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अड्किएका युवाहरूले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारलाई ध्यानाकर्षण अभियान चलाएका छन् ।

कोरियाले अन्य मुलुकबाट इपिएस प्रणालीअन्तर्गत श्रमिकहरू लिइसक्दा पनि नेपालबाट भने सरकारले समन्वय नगर्दा आफूहरू जान नपाएको भन्दै उनीहरूले प्रधानमन्त्री केपी ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै ट्वीटमार्फत ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले प्रधानमन्त्री ओली र रिमाललाई मेन्सन गर्दै ‘जस्टिस फर इपिएस पासर’ लेखेर ट्वीट गरेका हुन्। अहिले उनीहरूको ट्वीट #justiceForEPSpassers नेपालको ट्वीटर ट्रेन्डिङमा छ ।

विगत १५ महिनादेखि कोरिया रोजगारीको बाटो बन्द हुँदा भाषा परीक्षा पास गरी सम्पूर्ण प्रक्रिया पूरा गरेका दस हजार युवाको रोजगारी संकटमा परेको छ। तर यसमा सरकारले कुनै चासो नदेखाएपछि आफूहरूले द्वीटरमार्फत ध्यानाकर्षण गराएको उनीहरूले बताएका छन् ।

‘न देशमा अवसर छ। हामीले त्यत्रो मेहनत गरेर मुश्किलले पाएको अवसर गुम्दै गर्दा पनि सरकार चुपचाप छ। उच्चस्तरीय छलफल र समन्वय नहुँदा दस हजारको रोजगारी अन्योलमा परेको छ,’ कोरिया रोजगारीमा जान सबै प्रक्रिया पूरा गरेर बसेका अजय सोडारीले सेतोपाटीसँग भने ।

कोरियाले इपिएस प्रणाली अन्तर्गत अन्य मुलुकबाट निश्चित स्वास्थ्य मापदण्ड पालना गरी श्रमिकहरू लगिरहेको भए पनि नेपालसँग भने कूटनीतिक पहल नहुँदा आफूहरूको रोजगारी संकटमा परेको उनको भनाइ छ ।

कोरिया रोजगारीको बाटो तत्काल खुला गर्न माग गर्दै युवाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलकुमार श्रीवास्तवलाई मंगलबार ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । नेपाल सरकार तथा कोरिया सरकारले तोकेका सबै मापदण्ड पूरा गरी जतिसुकै खर्च लागे पनि आफैं बेहोर्न तयार रहेको उनीहरूले बताएका छन् ।

यसअघि पनि उनीहरूले कोरिया रोजगारीको बाटो खुला गर्न माग गर्दै सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएका थिए। तर यस विषयमा टुंगो लाग्न सकेको छैन। त्यसो हुँदा भाषा परीक्षा पास गरेर सबै प्रक्रिया पूरा भई रोजगारदाताबाट श्रम सम्झौता आइसकेका तथा बिदामा फर्किएर यतै अड्किएका दस हजारभन्दा बढीको रोजगारी अन्योलमा परेको छ। कोरोना महामारीकै बीच रोस्टरमा रहेका धेरैको म्यादसमेत गुज्रिसकेको छ।

इपिएस प्रणाली अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरको दुई वर्षसम्म रोस्टरमा नाम रहन्छ। यो दुई वर्षसम्म रोजगारदाताको छनोटमा पर्न नसकेको खण्डमा कोरिया रोजगारीमा प्रवेश गर्न पाइँदैन । कोरिया प्रवेशका लागि पुनः भाषा तथा सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। त्यसपछि रोजगारदाताको छनोटमा पर्न सकियो भने मात्रै प्रवेश गर्न पाइन्छ । (सेतोपाटीबाट)

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...