झापामा पुनः १ हप्ता निषेधाज्ञा थप गरियो, निषेधाज्ञा केही खुकुलो बनाइयो

 लिम्बुवान न्युज
                       

विर्तामोड। जिल्ला प्रशासन कार्यालय झापाले असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

झापामा यो छैटौं पटक थप गरिएको निषेधाज्ञामा अघिल्लो निषेधाज्ञा भन्दा केही खुकुलो बनाइएको जारी आदेशमा उल्लेख गरेको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, फलफुल, तरकारी, माछा मासु, दूध जन्य पदाथी, पुस्तक पसल, हार्डवेयरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै, कृषिजन्य बीउ विजनका पसल १० बजेदेखि ४ बजेसम्म र मोटर वर्कशप बिहान ११ देखी २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

अब भने बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ भने अन्य क्षेत्र पूर्ण रुपमा बन्द रहने छ । सञ्चालन अनुमति पाएकाहरुले स्वास्थ्य मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्ने बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी आदेशमा उल्लेख गरेको छ । अन्य जिल्लामा भन्दा झापामा कोरोना संक्रमणदरमा खासै परिवर्तन नदेखिएपछि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...