झापामा पुनः १ हप्ता निषेधाज्ञा थप गरियो, निषेधाज्ञा केही खुकुलो बनाइयो

 लिम्बुवान न्युज
                       

विर्तामोड। जिल्ला प्रशासन कार्यालय झापाले असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

झापामा यो छैटौं पटक थप गरिएको निषेधाज्ञामा अघिल्लो निषेधाज्ञा भन्दा केही खुकुलो बनाइएको जारी आदेशमा उल्लेख गरेको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, फलफुल, तरकारी, माछा मासु, दूध जन्य पदाथी, पुस्तक पसल, हार्डवेयरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै, कृषिजन्य बीउ विजनका पसल १० बजेदेखि ४ बजेसम्म र मोटर वर्कशप बिहान ११ देखी २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

अब भने बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ भने अन्य क्षेत्र पूर्ण रुपमा बन्द रहने छ । सञ्चालन अनुमति पाएकाहरुले स्वास्थ्य मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्ने बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी आदेशमा उल्लेख गरेको छ । अन्य जिल्लामा भन्दा झापामा कोरोना संक्रमणदरमा खासै परिवर्तन नदेखिएपछि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;