इलाम। लागु औषध सहित चार जनालाई इलाममा प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ५ बजेको समयमा जिल्लाको इलाम माई नगरपालिका ४ शंकर गाउँस्थित झापाको विर्तामोड बाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलीले लागु औषध सहित उनिहरुलाई पक्राउ गरेको हो ।
मोटरसाइकलमा आउँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ) अन्दाजी ५ ग्राम र चलाए ल्याएको प्रदेश नं १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नं. को मोटरसाइकल सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका ८ बस्ने बर्ष–२८ महेश थापा, सोही स्थान बस्ने वर्ष–३० को कुविरसिंह तामाङ, माई नगरपालिका १ बस्ने वर्ष–२२ को रुपेशकुमार खत्री र माई नगरपालिका ३ बस्ने वर्ष–२३ को सुदिप कुमार दनुवार रहेका छन् । पक्राउ परेका ४ जना, मोटरसाइकल र बरामद भएको लागु औषधसहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर अनुसन्धान भई रहेको छ प्रहरीले जनाएको छ ।