प्रदेश १ को बजेट ३२ अर्ब रुपैयाँ आसपास हुने

 लिम्बुवान न्युज
                       

विराटनगर । आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश नं. १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न लागेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको मात्र बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

बजेटको तयारी लगभग पूरा भइसकेको मन्त्रालय स्रोतले बतायो । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ले मंगलबार बस्ने प्रदेशसभाको बैठकमा बजटे प्रस्तुत गर्नेछन् ।

आङबुहाङ प्रदेशसभाको बजेट प्रस्तुत गर्ने दोस्रो मन्त्री तथा गैर सांसदको रुपमा प्रस्तुत गर्ने पहिलो मन्त्री बन्नेछन् । तत्कालिन माओवादी केन्द्र संसदीय दलका नेता आङ्बुहाङ नेकपा विभाजनपछि एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरसँगै माओवादी केन्द्रले सांसद पदबाट आङ्बुहाङ्लाई कारवाही गरेको थियो ।

स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको बजेटमा नयाँ र महत्वकांक्षी योजनालाई प्राथमिकता नदिने मन्त्री आङ्बुहाङले बताएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...