फिदिम जोरसाल घटना माथी अनुसन्धान जारी

 लिम्बुवान न्युज
                       

  • सुबास केरुङ ‘नुनाम’

पाँचथर। पाँचथरको फिदिम स्थित जोरसाल बजार नजिकै एक बृद्धको आइतबार हत्या भएको छ । हत्यामा संलग्नको खोजी तालिम प्राप्त कुकुरको सहयोगमा भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आइतबार बिहान बर्ष ७८ का टेकबहादुर लिम्बूको आफ्नै निबासमा हत्या भएको हो।

सडकको छेउमा रहेको घरमा अशक्त ८४ बर्षकी श्रीमतीसँग बस्ने लिम्बुको के कारण हत्या गरिएको खुल्न सकेको छैन । उक्त घटना रातीको समयमा नै भएको हुन सक्ने मृतकका आफन्त बुद्धराज लिम्बुले बताए । लिम्बुका अनुसार मृतक भारतीय सेनाका सेवानिबृत हुन् । मृतकका दुई छोरा र तीन छोरी छन् ।

मानवअधिकारकर्मी मंगल बेघा भन्छन्– ‘प्रहरीले चाडो भन्दा चाडो आरोपितलाई पहिचान गरि पिडितलाई न्याय र दोषीमाथि कानूनबमोजिम कारबाहीको माग गर्दछौ ।” पाँचथरमा पटक–पटक यस्तो घटना दोहोरी रहेकोले प्रशासनले एक नयाँ संयन्त्र अपनाउनु पर्नेमा पनि उनले जोड दिए ।

उक्त घटना भएको दिन मृतक लिम्बु र श्रीमती मात्र घरमा भएको पुष्टि भएको छ । घटना के कारणले किन र कसले भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको र केही दिनमै आरोपीलाई कानूनको कठघरामा उभ्याउने जिल्ला प्रहरी कार्यलय पाँचथरका सुचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिश्वकर्माले बताए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...