फिदिम जोरसाल घटना माथी अनुसन्धान जारी

 लिम्बुवान न्युज
                       

  • सुबास केरुङ ‘नुनाम’

पाँचथर। पाँचथरको फिदिम स्थित जोरसाल बजार नजिकै एक बृद्धको आइतबार हत्या भएको छ । हत्यामा संलग्नको खोजी तालिम प्राप्त कुकुरको सहयोगमा भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आइतबार बिहान बर्ष ७८ का टेकबहादुर लिम्बूको आफ्नै निबासमा हत्या भएको हो।

सडकको छेउमा रहेको घरमा अशक्त ८४ बर्षकी श्रीमतीसँग बस्ने लिम्बुको के कारण हत्या गरिएको खुल्न सकेको छैन । उक्त घटना रातीको समयमा नै भएको हुन सक्ने मृतकका आफन्त बुद्धराज लिम्बुले बताए । लिम्बुका अनुसार मृतक भारतीय सेनाका सेवानिबृत हुन् । मृतकका दुई छोरा र तीन छोरी छन् ।

मानवअधिकारकर्मी मंगल बेघा भन्छन्– ‘प्रहरीले चाडो भन्दा चाडो आरोपितलाई पहिचान गरि पिडितलाई न्याय र दोषीमाथि कानूनबमोजिम कारबाहीको माग गर्दछौ ।” पाँचथरमा पटक–पटक यस्तो घटना दोहोरी रहेकोले प्रशासनले एक नयाँ संयन्त्र अपनाउनु पर्नेमा पनि उनले जोड दिए ।

उक्त घटना भएको दिन मृतक लिम्बु र श्रीमती मात्र घरमा भएको पुष्टि भएको छ । घटना के कारणले किन र कसले भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको र केही दिनमै आरोपीलाई कानूनको कठघरामा उभ्याउने जिल्ला प्रहरी कार्यलय पाँचथरका सुचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिश्वकर्माले बताए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;