जसपा कार्यकारिणी बैठकमा ८ नेतालाई प्रवेश निषेध

 लिम्बुवान न्युज
                       

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठकमा पार्टीबाट निष्कासित ८ नेतालाई सहभागी नगराउने भएको छ । निष्कासित नेताहरुलाई पार्टी बैठकमा प्रदेश नदिने तय भएको हो ।

पार्टीले निष्कासन गरिसकेका चार नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णसहित वर्तमान कामचलाउ केपी ओली नेतृत्वको सरकारमा सहभागी नेताहरु शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव र चन्दा चौधरीलाई कार्यकारिणी समितिको बैठकमा सहभागी नगराइने पार्टी स्रोतले जनाएको छ ।

जसपाले यसअघि नै ओली सरकारमा सहभागी हुने पार्टीका जोसुकै नेतालाई तत्काल निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टी निर्णय अनुसार नै आठ जना नेताहरुलाई बैठकमा नबोलाइएको कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले प्रष्ट पारे ।

कार्यकारिणी बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ ।

यस्तैगरी ठाकुर पक्षले भने बुधबार विज्ञप्ति जारी गरेर जसपाको बैठक नरहेको भनी मिडियामा प्रचारबाजी गरेका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले भने पार्टीबाट निष्कासित ठाकुरलाई कार्यकारिणी समितिको बैठक छैन भन्ने अधिकार नरहेको बताएका छन् । पार्टीमा नरहेका व्यक्तिहरुले बाहिर के गर्छन् भन्ने कुराले कुनै प्रभाव नपर्ने यादवको भनाइ छ ।

जसपाका ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमध्ये ४३ जनालाई बैठकको बारेमा जानकारी पठाइएको पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...