फिदिम नगरको ऐतिहासिक नाम नामाकरण गर्न माग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ असार
पाँचथर । किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा र साँस्कृतिक पुनर्जागरण अभियानले पाँचथरको फिदिम नगरपालिकाको ऐतिहासिक नाम ‘फेदेन’ लाई कायम गर्न माग गरेको छ ।

सामाजिक दुरी कायम गर्दै अभियन्ताहरुले बिहीबार फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाङ नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद अधिकारीलाई ज्ञापन–पत्र बुझाएका हुन् । ज्ञापन–पत्रमा फिदिमको वास्तविक नाम ‘फेदेन’ भएकाले ऐतिहासिकता र वास्तविकतालाई आत्मसात गर्दै नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति, कार्यक्रमको नगरसभामा सो निर्णय गर्न माग गरिएको छ ।

साँस्कृतिक पुनर्जागरण अभियानका संयोजक मधुराज केरुङ र कियाचु पाँचथरका अध्यक्ष महेन्द्र आङदेम्बेद्वारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिकासँग भाषा, संस्कृति तथा ललितकला सम्बन्धि नीति निर्माण गर्न, स्थानीय तहमा याक्थुङ (लिम्बू) सिरिजंगा लिपिलाई कामकाजी भाषा घोषणा गर्न र सबै तहमा याक्थुङ (लिम्बू) मातृभाषा शिक्षा लागू गर्न शिक्षक दरबन्दीको व्यवस्था गर्न समेत माग गरेको छ ।

भाषिक साँस्कृतिक अधिकार सम्बन्धि राष्ट्रिय–अन्तराष्ट्रिय प्रावधानहरुलाई आधार मान्दै साँस्कृतिक सम्पदाहरुको गरिमा र महत्वलाई आत्मसात गर्दै, नेपालको संविधानको धारा २६ को धार्मिक स्वतन्त्रताको हक, धारा ३२ को भाषा संस्कृतिको हक, धारा ५१ (ग) मा भाषा, लिपि, संस्कृतिको संरक्षण र बिकास सम्बन्धि प्रावधान, अनुसूची ८ को स्थानीय तहको अधिकार सूची र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको आधारमा सो माग गरिएको अभियन्ताका संयोजक केरुङले बताए ।

ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख नेम्बाङले नगर क्षेत्रभित्रका अपभ्रंसित मौलिक स्थान, नामहरुबारे खोज, अनुसन्धानकार्य सुरु गरिसकेको बताउदै अनुसन्धानबाट प्राप्त तथ्यको आधारमा बाँकि काम गरिने बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि नगरपालिकाले यो क्षेत्रको मौलिक्ता नमेटिने गरी नगरपालिका अगाडि बढ्नुपर्ने र बढ्ने बताए ।

फिदिम नगरपालिकाको नवौं नगरसभा भने एक हप्तासम्ममा सुरु हुने फिदिम नगरपालिका, नगर कार्यपालिकाका प्रवक्ता तथा ३ नं. वडाका वडा अध्यक्ष नरेन्द्र गुरुङले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...