फिदिम नगरको ऐतिहासिक नाम नामाकरण गर्न माग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ असार
पाँचथर । किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा र साँस्कृतिक पुनर्जागरण अभियानले पाँचथरको फिदिम नगरपालिकाको ऐतिहासिक नाम ‘फेदेन’ लाई कायम गर्न माग गरेको छ ।

सामाजिक दुरी कायम गर्दै अभियन्ताहरुले बिहीबार फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाङ नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद अधिकारीलाई ज्ञापन–पत्र बुझाएका हुन् । ज्ञापन–पत्रमा फिदिमको वास्तविक नाम ‘फेदेन’ भएकाले ऐतिहासिकता र वास्तविकतालाई आत्मसात गर्दै नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति, कार्यक्रमको नगरसभामा सो निर्णय गर्न माग गरिएको छ ।

साँस्कृतिक पुनर्जागरण अभियानका संयोजक मधुराज केरुङ र कियाचु पाँचथरका अध्यक्ष महेन्द्र आङदेम्बेद्वारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिकासँग भाषा, संस्कृति तथा ललितकला सम्बन्धि नीति निर्माण गर्न, स्थानीय तहमा याक्थुङ (लिम्बू) सिरिजंगा लिपिलाई कामकाजी भाषा घोषणा गर्न र सबै तहमा याक्थुङ (लिम्बू) मातृभाषा शिक्षा लागू गर्न शिक्षक दरबन्दीको व्यवस्था गर्न समेत माग गरेको छ ।

भाषिक साँस्कृतिक अधिकार सम्बन्धि राष्ट्रिय–अन्तराष्ट्रिय प्रावधानहरुलाई आधार मान्दै साँस्कृतिक सम्पदाहरुको गरिमा र महत्वलाई आत्मसात गर्दै, नेपालको संविधानको धारा २६ को धार्मिक स्वतन्त्रताको हक, धारा ३२ को भाषा संस्कृतिको हक, धारा ५१ (ग) मा भाषा, लिपि, संस्कृतिको संरक्षण र बिकास सम्बन्धि प्रावधान, अनुसूची ८ को स्थानीय तहको अधिकार सूची र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको आधारमा सो माग गरिएको अभियन्ताका संयोजक केरुङले बताए ।

ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख नेम्बाङले नगर क्षेत्रभित्रका अपभ्रंसित मौलिक स्थान, नामहरुबारे खोज, अनुसन्धानकार्य सुरु गरिसकेको बताउदै अनुसन्धानबाट प्राप्त तथ्यको आधारमा बाँकि काम गरिने बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि नगरपालिकाले यो क्षेत्रको मौलिक्ता नमेटिने गरी नगरपालिका अगाडि बढ्नुपर्ने र बढ्ने बताए ।

फिदिम नगरपालिकाको नवौं नगरसभा भने एक हप्तासम्ममा सुरु हुने फिदिम नगरपालिका, नगर कार्यपालिकाका प्रवक्ता तथा ३ नं. वडाका वडा अध्यक्ष नरेन्द्र गुरुङले बताए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...