सरुवा भएका असई झालाई सोही स्थानमा पुर्नवहाली

 लिम्बुवान न्युज
                       

काठमाडाैं। मधेशी भन्दै हेपिएका प्रहरी सहायक निरीक्षक असई मणिकान्त झालाई मधेशी आयोगको विशेष दवावपछि पुनः सोही स्थानमा सरुवा गरिएको छ । आफूलाई अभियन्ता भन्दै प्रहरीलाई थर्काएका जवाला संग्रौलाका टिमलाई कारवाहीको लागि नेपाल प्रहरीलाई पत्राचार गरेका मधेशी आयोगका अध्यक्ष डा. विजय कुरा दत्तले झाको सरुवा पुनः सोही ठाउँमा गर्न दबाब दिएका थिए ।

सम्प्रादायिकता हिसाबले प्रहरी झासँग गरिएको व्यवहारलाई कानुनी अपराध बताउँदै आयोगका अध्यक्ष दत्तले प्रहरी महानिरीक्षकलाई फोन सम्पर्क मार्फत दुरव्यवहार गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन समेत निर्देशन दिएका थिए ।

असई झालाई केही सामाजिक अभियन्ताहरुले१ महिना अगाडि मधेशी हो । मधेश तिर जा भनेर हेपेको सम्बन्धमा भाइरल भएको भिडियो आयोगमा उजुरी आउन बित्तिकै माननीय अध्यक्षज्यूको निर्देशनानुसार दर्ता गरि सम्बन्धि निकायमा आवश्यक कारवाहीको लागि आयोगले पठाएको थियो ।

अध्यक्ष दत्तको फोन पश्चात प्रहरी सहायक निरीक्षक असई झालाई महाराजगंजबाट बग्गीखानामा गरिएको काज सरुवालाई फिर्ता गरि फेरि हिजो नै पुनः महानगरीय ट्राफिक, महाराजगञ्ज पठाइसकेको बताएका छन् ।

दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले सिफारिस गरिसकेको र प्रक्रिया पनि अगाडि बढिसकेको अध्यक्ष दत्तले बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष दत्तले बारम्बार यस्ता प्रकारको घटना भएको र विभिन्न निकायबाटै ढाकछोप भएपनि अब त्यस्तो नहुने प्रतिबद्धता जाहेर गरे ।

कुनै समुदायलाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनु कानूनतः अपराध हो र यस्ता घटनाहरु प्रति माननीय अध्यक्षज्यू र अयोग सचेत रहेको समेत सबैमा विनम्र जानकारी गराउँछु ।

यस्ता घटनाहरु घटेमा आयोगको हेल्पलाइन ११५२, टोल फ्री १६६००११६१८५, फोन ०१–५२६११८५ मा सम्पर्क गरि उजुरी टिपाउन समेत आग्रह गरिएको छ ।

आफूलाई अभियन्ता भन्ने संग्रौलाको टिमले असई झालाई मधेशी भन्दै मधेशमै जा भनेर हेप्दै रंगभेदी व्यवहार गरेपछि अभियन्ताको चौतर्फी आलोचना भएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...