उपेन्द्र पक्ष पार्टी वैधानिकता दावी गर्न निर्वाचन आयोगमा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ४ असार ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ । अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै दफा ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् ।

कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेपछि यादव पक्षले अधिकाकिरताको विवादमा निवदेन दिएको छ ।

जेठ ७, ८, १७ र असार ३ गते ४ पटक बोलाइएको कार्यकारिणी बैठकमा अध्यक्ष ठाकुर अनुपस्थित भएको, फरक सूचनाका आधारमा बैठक स्थगित गरी पार्टीको दैनिक कार्यसम्पादनमा गुटगत गतिविधि गरेको यादव पक्षले आरोप लगाएको छ । कानून बमोजिम जसपालाई बहुमतका आधारमा आधिकारिकता विवदा टुग्याउनु आयोगलाई भनेको छ ।

यादव पक्षले बिहीबार भएको केन्द्रीय कार्याकारिणी समितिको बहुमत सदस्यको बैठक बसी पार्टीको आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरुप आधिकारिकताको दाबी गरिएको बताए । श्रेष्ठले भने, ‘तपाईहरुको बीचमा दुई पक्ष देखिएको हुँदा विवाद निरुपणको प्रावधानबाट आउनुभयो भने हामीलाई सजिलो हुन्छ भनेर उहाँहरुले भनिसकेपछि हामीले अहिले विवाद निरुपणको प्रावधान अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ त्यस अनुरुप नै आधिकारिकता दाबी गरेर आज निवेदन दिएका छौँ ।’

विगतको नजिरलाई हेर्ने हो भने ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा(६) अनुसार स्पष्टको साथ जुन पक्षको बहुमत छ उसले आधिकारिक रुपमा नाम, पार्टीको झण्डा, चुनाव चिन्ह्लगायत सबै आधिकारिकता पाउँछ । जसले त्यो पु¥याउन सक्दैन उनीहरुलाई नयाँ दल दर्ता गर्न अवसर दिइनेछ भन्ने व्यवस्था छ । यद्यपी पुनः नेकपा जस्तै २ वटा पुरानो दलमा विभाजित हुन्छ कि भन्ने चिन्ता राजपामा पनि देखिएको नेताहरु बताउन थालेका छन् ।

 

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...