रेशम चौधरी रिहाई बारे सरकारमा सहभागी जसपा नेताहरु बोली फेर्दै

 लिम्बुवान न्युज
                       

थरुहट। थारु समुदायमा विगत ६ बर्षदेखि एउटै मुद्दामा बहसमा आउने गरेको छ । जब जब भदौ नजिकिदै जान्छ, त्यो मुद्दामा झनै चर्को बहस हुन थाल्छ । तर भदौं नलाग्दै विगत केही महिनादेखि प्रमुख बहसको विष्णमा बनेको छ टीकापुर घटना र रेशम चौधरीको रिहाई । नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सारथी बनेका छन् जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतो ।

जसपाका यी दुई नेताले ओलीसँग पटकपटक वार्ता गरे । वार्ताको प्रमुख एजेण्डा हुने गथ्र्यो, कैलाली क्षेत्र १ बाट निर्वाहिचत सांसद रेशम लाल चौधरीको रिहाई । यी एजेन्डालाई मुर्त रुप दिन सरकार र जसपाबीच कार्यदल पनि बनाइयो । तर उक्त कार्यदलले हालसम्म रेशम चौधरीको रिहाईबारे केही बोलेको छैन ।
यसबीचमा जसपका महन्थ र राजेन्द्र महतो पक्षका ९ जना नेता मन्त्रीसमेत भइसकेका छन् । सरकारमा जानुअघि तिनै नेताहरुले भन्ने गर्थे– रेशम चौधरीको रिहाइ नभएसम्म जसपा सरकारमा सहभागी हुँदैन । यसो भन्नेमा महन्थ ठाकुर, राजेन्द्र महतो र पूर्व राजपका लगभग सबै नेताहरु छन् । त्यतिमात्र होइन, बाबुराम भट्राई पनि रिहाईको पक्षमा बोल्दै आए ।

तर तिनै महन्थ, राजेन्द्रहरु सरकारमा सहभागी बनिसके, रेशम चौधरीको रिहाइ भने अहिलेसम्म हुन सकेको छैन । हुँदाहँुदा तिनै नेताहरुले अहिले रेशम चौधरीको रिहाइलाई लिएर बोलीसमेत फेरिसके ।

मिडियामा आएर हाकाहाकी उनीहरुले भन्ने गरेका छन्— रेशम चौधरीलाई छुटाउँछु भनेर मैले कहिल्यै बोलेको छैन । पाइम टेलिभिजनमा केही समयअघि जसपा नेता अनिल झाले रेशम चौधरीको रिहाइका लागि आफूले कहिले पनि नबोलेको बताए । रेशम चौधरीको रिहाइको विषयमा म अनिल झाले रिहाइ गराउँछु भनेर कहिल्यै भनेको थिएन्,’ अन्तर्वार्तामा उनले भनेका छन् । तर, तिनै अनिल झाले प्रतिनिधिसभा संसदमा पूर्व राजपाले विरोध जनाउँदै गर्दा आफ्नो पार्टीको निर्वाचित सांसद रेशम चौधरीलाई शपथ खुवाउनुपर्ने, रिहाइ गर्नुपर्ने अडान राखेका थिए ।

कुरा अनिल झाको मात्र रहेन, जसपामा सबैभन्दा शालिन नेताको रुपमा चिनिएका लक्षमणलाल कर्णले पनि बोली फेरेका छन् । एक रेडियोसँगको अन्तर्वार्तामा उनले रेशमलाल चौधरीलाई रिहाइ नगरेसम्म सरकारमा जान्न भनेर आफूले कहिल्यै नबोलेको बताए । उल्टै उनले प्रश्न गरे— डिल्लीबजार जेलको ताला फोडेर रिहाइ गर्ने हो र ?

उनी थप्छन–के गर्छ सरकारले ? त्यो मुद्दा खोसेर ल्याएर फैसला गर्छ ? सरकारले गएर डिल्लीबजारको जेलको ताला तोड्छ ? अनि त्यस्तो कुरा हामीले भन्यौं ? अरुले जे भने होला । मैले भने ? मैले भनेको छैन ।

तर सत्य के हो भने डिल्लीबजार जेलमै गएर पटक पटक जसरी छुटाउने भनेर आश्वासन दिने नेतामध्ये एक लक्ष्मण लाल कर्ण पनि हुन् । जेलमा मात्र होइन, अनिल झाजस्तै उनले पनि कयौंपटक संसदमा रेशम चौधरीको रिहाइका लागि सभामुखसँग माग गरेका छन् । तर सरकारमा सहभागी भएपछि नेताहरुले बोली फेरेको प्रष्ट हुन्छ ।

रेशम चौधरीसँग सबैभन्दा निकट नेताका रुपमा राजेन्द्र महतो मानिन्छन् । सरकारमा सहाभगी हुनुअघि उनले पनि चर्काचर्का भाषण ठेकेर भन्थे रेशमको रिहाइ नभएसम्म हामी सरकारमा जाँदैनौं । हामी सरकारबाट पीडित मान्छे हौं । हाम्रा धेरै माग मुद्दा छन्, जुन पुरा भएको छ । हाम्रा माग मुद्दाहरु पुरा नभएसम्म कुन मुख लिएर सरकारमा जाने ?

यस्ता प्रश्न तेस्र्याउने महतो अहिले उपप्रधानमन्त्री बनेका छन् । उपप्रधानमन्त्री बनेसँगै उनको मुखमा बुजो लागेको छ । रेशम चौधरीबारे उनले पनि बोल्न छाडेका छन् ।

तर राजेन्द्र महतोलगायत नेताहरुले के बुझ्नु पर्छ भने उनीहरुको पार्टी कैलालीका थारुहरुको भोटकै कारण लियो बनेको हो । कैलालीका थारुहरु एकमत हुँदा रेशम चौधरी विजयी भए, उनीसँगै प्रदेशसभामा दुई जना सांसद चुनिए । प्रतिनिधिसभाको समानुपातिक सांसद चुनिए । तर तिनै नेताहरुले अहिले थारुको मतको दुरुपयोग गरिरहेका छन् । थारु समुदायको सेन्टिमेन्टलाई कदर गरिरहेको छैन ।

महन्थ ठाकुर, राजेन्द्र महतोहरुले थारु समुदायको सेन्टिमेन्टलाई अझै नबुझ्ने हो भने अबको चुनावमा उनीहरु प्रदेश २ मा मात्र सीमित हुने पक्कापक्की छ । (थारुवानबाट)

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...