बेलायत बस्ने चेलीद्वारा लखनपुरका २५ परिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

दमक/ कमल गाउँपालिका ५ साविक लखनपुर मंगलबारेमा जन्मिएर हालेर बेलायत (युके) बस्दै आएकी एक चेली आफनो नाम तथा पहिचान गोप्य राखेर स्थानीय क्लब मार्फत सो ठाउँका विपन्नहरुलाई खाद्यान्न राहत प्रदान गरेकी छिन् । मंगलबारे वजारस्थित सगुन युवा क्लवमार्फत निषेधाज्ञाका कारण दैनिक गुजारा गर्न समस्या भएका २५ परिवारलाई उनले खाद्यान्न राहत प्रदान गरेकी हुन् ।

क्लवले असहाय, एकल तथा अति विपन्न परिवारलाई छनौट गरि दैनिक उपभोग्य चामल, तेल, नुन, सोयाविन लगायतका खाद्यान्न राहत सामाग्री प्रदान गरेको सचिव रोशन दाहालले बताए ।

करिब ३२ हजार ३४० रुपैयाँ प्राप्त रकम बरावरको राहत सामाग्री वितरण गरिएको क्लवले जनाएको छ । उनका अनुसार राहत प्राप्त गर्नेहरुमा लिला ताजपुरिया, देव ताजपुरिया, फुदो ताजपुरिया, चित्रा दर्जी, ईन्दिरा दर्जी, नैनाकला दर्जी, रामवति राजबंशी, तालामुई मूर्मु, लला कुमारी नेपाली, बुडो चौधरी, मंगली योङ्याङ्, गाठिलालनी ताजपुरिया, बाङ्गरू राजबंशी, राजु राजबंशी, वीर बहादुर तामाङ, मिना भुजेल, धारू राजबंशी, बिनोद राजबंशी, दुर्गा पौडेल ,प्रमिला ताजपुरिया , रिता मुर्मु लगायतको घर घर पुगेर त्यस्तो राहत वितरण गरिएको छ ।

राहत वितरणमा क्लबका अध्यक्ष देवी आङदेम्बे लगायतका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...