स्थानीय तहलाई समावेशी बजेट ल्याउन निर्देशन

 लिम्बुवान न्युज
                       

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समावेशी बजेट ल्याउन सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । स्थानीय तहले ल्याउने बजेटमा महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, कशोरकिशोरीलगायतका विभिन्न लक्षित वर्गलाई विकासको मूल प्रवाहमा ल्याउन प्रत्यक्ष योगदान हुने कार्यक्रम ल्याउनुपर्ने भन्दै मन्त्रालयले निर्देशन दिएको हो ।

त्यस्ता वर्गलाई विकासको मूल प्रवाहमा ल्याई समावेशी र समतामूलक राष्ट्र निर्माण गर्ने पन्ध्रौं योजनाको संकल्प रहेको विषय पनि मन्त्रालयले स्थानीय तहहरुको ध्यानाकर्षण गराएको हो । यसैबीच कोरोना महामारी जारी रहेकाले स्थानीय तहको बजेट निर्माण प्रक्रिया पूरा गर्न समस्या हुने भएको छ ।

प्रदेश सरकारले बजेट पेस गरेको १० दिनभित्रै बजेट तयार गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाई बजेट निर्माण गर्न हतार हुने गरेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याएपछि मात्रै स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको रकम थाहा हुने भएकाले असार १० गतेभित्र सबै स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट तयारी गर्न पर्याप्त समय नहुने गाउँपालिका राष्ट्रिय महासंघले गुनासो गरेको छ ।

संघीय सरकारले जेठ १५ गते बजेट पेस गरेपछि प्रदेश सरकारको बजेट निर्माण गर्न १५ दिन पाउने गर्छ । प्रदेश सरकारले बजेट पेस गरेपछि स्थानीय तहले १० दिनभित्रै बजेट निर्माण गरिसक्नुपर्ने हुन्छ ।

संघीय र प्रदेश सरकारले विभिन्न अनुदान र राजस्व बाँडफाँटको रकम स्थानीय तहलाई दिनुपर्छ । स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमा समितिले आवधिक योजना, मध्यमकालीन खर्च संरचना समेतलाई आधार मानेर आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीय तहको बजेट र कार्यक्रम बस्ती र वडास्तरमा छलफल भएर गाउँ तथा नगर कार्यपालिकामा आउनुपर्छ ।

यता नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय तहलाई भार थपिनेगरी घोषणा गरीएका संघीय कार्यक्रमका लागि अनुदान रकम बढाउन माग गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारले घोषणा गरेका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धिले स्थानीय तहमा आर्थिक दायित्व थपिएको भन्दै त्यसका लागि सशर्त वा समानिकरण अनुदान थप गर्न स्थानीय तहका प्रतिनिधिहरुले माग गरेका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;