दमकमा स्काउटको ७०औं स्थापना दिवस विरुवा गोडमेल गरी मनाइयो

 लिम्बुवान न्युज
                       

दमक/झापाको दमकमा नेपाल स्काउटको ७०औं स्थापना दिवस मनाइएको छ । शनिबार दमक ३ बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक बन क्षेत्रमा रोपिएका फलफुलका विरुवा गोडमेल गर्दै वातावरण संरक्षणको सन्देश दिदैं स्काउटरहरुले मनाएका हुन् ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख उपस्थितिमा नेपाल स्काउट दमक नगर तदर्थ समितिको अगुवाईमा स्काउटरहरुले अघिल्लो बर्ष सो ठाउँमा रोपिएका आँप, लिची लगायतका फलफुलका विरुवा गोडमेल गरेका हुन् ।

सो कार्यक्रममा दमकका तीन वटा स्कुलहरु हिमालय मावि स्काउट, ढुकुरपानी मावि र सिंहदेवी माविका रोभर रेन्जरहरु सहभागी भएर स्काउटको स्थापना दिवस मनाइएको थियो ।

नेपाल स्काउट १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य राम पौडेलले विभिन्न अवसरमा वृक्षारोपण गर्ने गरिएपनि त्यसको संरक्षण र बिकासका लागि ध्यान नपुग्दा वृक्षारोपणको उद्धेश्यनै पूरा हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै यस बर्ष बिरुवा गोडमेल र संरक्षण गर्ने काममा स्काउटरहरुलाई परिचालन गरिएको बताए । झापाको दमक, गौरादह लगायत देशभर स्काउटको स्थापना दिवस मनाइएको पौडेलले बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...