लिम्बुवान प्रवास बहराइनका अध्यक्ष इजमको निधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति बहराइनका अध्यक्ष मन कुमार इजमको निधन भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सामाजिक संजालबाट अध्यक्ष इजमको कोरोना भाईरसबाट कर्मथलो बहराइनमा उपचारको क्रममा निधन भएको पुष्टि गरेका छन् ।

ताप्लेजुङ् सिम्बेवामा जन्मिएका इजम लगायत परिवार हाल झापाको मेचीनगर चारआलीमा स्थायी बसोबास गर्दै आएका थिए । उनी लामो समय देखि रोजगारीको शिलशिलामा बहराइनमा कर्मथलो बनाई बसेका थिए ।

पहिचान, संघीयता, धर्मनिरपेक्षतासँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत लिम्बुवान सहितको १०+१ प्रान्त निर्माणको आन्दोलनमा शसक्त आवाज उठाउने गरेका लिम्बुको मञ्चमा आर्थिक भौतिक सहयोग समेत उल्लेनिय भएको मञ्च स्रोतले जनाएको छ । प्रवासमा रहेरपनि लिम्बुवानको मुद्दालाई उठाई राख्नुहुने अन्त्यन्तै समाजसेवी अध्यक्ष इजजको मृत्युले मञ्चलाई अपुरणीय क्षति पुगेको मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;