भारतमा एकैदिन ८० लाख नागरिकलाई कोरोना विरुद्धको खोप

 लिम्बुवान न्युज
                       

एजेन्सी। भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो ८० लाखलाई खोप लगाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध लड्ने हतियारका रुपमा रहेको खोप अभियानलाई तीब्रता दिएको जानकारी दिंदै आफनो देशका नागरिकहरुलाई खोपबाट वन्चित नगर्ने घोषणा गर्नुभयो ।

सामाजिक सञ्जालमा ट्वीट् गर्दै उहाँले खोप अभियानमा सक्रिय सबैलाई धन्यबाद दिनुभएको छ । भारतले हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति लिए अनुरुप १८ बर्षमा सवैलाई खोप लगाउने अभियान सुरु गरेको हो ।

यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो । यसबीच खोप लगाउन पाएका भारतीय नागरिकहरुले पनि सरकारको प्रशंसा गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...