भारतमा एकैदिन ८० लाख नागरिकलाई कोरोना विरुद्धको खोप

 लिम्बुवान न्युज
                       

एजेन्सी। भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो ८० लाखलाई खोप लगाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध लड्ने हतियारका रुपमा रहेको खोप अभियानलाई तीब्रता दिएको जानकारी दिंदै आफनो देशका नागरिकहरुलाई खोपबाट वन्चित नगर्ने घोषणा गर्नुभयो ।

सामाजिक सञ्जालमा ट्वीट् गर्दै उहाँले खोप अभियानमा सक्रिय सबैलाई धन्यबाद दिनुभएको छ । भारतले हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति लिए अनुरुप १८ बर्षमा सवैलाई खोप लगाउने अभियान सुरु गरेको हो ।

यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो । यसबीच खोप लगाउन पाएका भारतीय नागरिकहरुले पनि सरकारको प्रशंसा गरेको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...