आज २४२१ जना कोरोना संक्रमित थपिए, ३५५८ जना संक्रमणमुक्त

 लिम्बुवान न्युज
                       

कामठाडौं, ९ असार। पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ को पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी जम्मा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । विगतमा २९ जनाको तथ्याङ्क समावेश नगरिएको हुँदा जम्मा ८१ जनाको मृत्यु भएको तथ्याङ्क मन्त्रालयले आज सार्वजनिक गरेको हो ।

पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७ हजार २४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ४४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५५ जना कोरोना संक्रमित थपिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...