‘कोभिड–१९ बाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम

 लिम्बुवान न्युज
                       

बिर्तामोड, ९ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले कोभिड–१९ बाट संक्रमित र संक्रमणमुक्त भएकासहित सबै पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन ‘विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बुधबार सम्पन्न भएको भर्चुअल वैठकले त्यस्तो निर्णय गरेको हो ।

महासंघले ‘कोभिड–१९बाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्र्श’ विषयक भर्चुअल कार्यक्रम मिति २०७८ असार ११ गते शुक्रबार दिनको ११ः३० बजेबाट १ः०० बजेसम्म गर्ने लगायतका निर्णय गरेको महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए ।

कोभिड १९ बाट संक्रमितहरु र संक्रमणमुक्त भएकाहरुलाई नियमित मनोपरामर्श दिने कार्यमा खटिइरहनुभएका विशेषज्ञ मनोविद् (मानसिक एवं मनोसामाजिक स्वास्थ्य राष्ट्रिय अभियान नेपाल, संयोजक गोपाल ढकाल)ले सहजीकरण गर्ने उक्त कार्यक्रममा यसअघि संक्रमित भई स्वास्थ्यलाभ गर्नुभएका, हाल आइसोलेसनमा रहनुभएका तथा सबै पत्रकारलाई सहभागी गराउने निर्णय गरिएको छ ।

संक्रमण मुक्त भएकाहरुले गर्नु पर्ने आफ्नो हेरचाह, कसरी उच्च मनोवलका साथ सामान्य अवस्थामा फर्कने, संक्रमित पत्रकारहरुले स्वास्थ्य सुधारका लागि गर्नु पर्ने कार्य, आत्मबल बढाउने बारे परामर्श, पत्रकारहरु र आम नागरिकले कोरोनाको सन्दर्भमा ध्यान दिनु पर्ने विषयमा केन्द्रित हुने कार्यक्रममा सहभागिताका लागि सरोकार राख्ने सबैलाई आह्वान गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ को दोस्रो लहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव तथा उत्पन्न समस्याहरु र महासंघले हालसम्म गरेका कार्यबारे वैठकमा गम्भीर छलफल र समीक्षा भएको जनाइएको छ । हालसम्म झापाका ३४ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित बनेकोमा एक जनाको निधन भएको र २ जना हाल आइसोलेशनमा रहनुभएको छ । हाल आइसोलेसनमा रहनुभएका सबै पत्रकारको वैठकले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै सबै पत्रकारलाई प्रविधिको प्रयोग गरेर भरसक घरबाटै काम गर्न र बाहिर जानै पर्ने भए स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूर्ण पालना गरेर मात्र काम गर्न वैठकले अपिल गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्य गर्नका लागि उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा गठित समिति , कोभिड–१९ को दोस्रो लहरबाट सञ्चार क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने समस्या लगायत समग्र विषयको अनुगमन गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा गठित समिति र महासंघको वेबसाइट सञ्चालन र विवरण अद्यावधिका लागि महासंघका सचिव डिकेश लामाको संयोजकत्वमा गठित समितिको कामबारे एवं आर्थिक गतिविधिबारे कोषाध्यक्ष रञ्जित प्रसाईबाट वैठकमा विषयगत रिपोर्टिङ र समीक्षा भयो । उक्त तीनै समितिलाई अझ सक्रिय र आफ्नो कामलाई प्रभावकारी बनाउन वैठकले निर्णय गरेको छ ।

कोरोना महामारीको संकटको घडीमा नागरिकलाई सही सूचना सम्प्रेषण गर्ने कार्यमा अहोरात्र खटिने सञ्चारकर्मीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर महासंघलाई स्वास्थ्य सामग्री, नगद सहयोग तथा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तथा समन्वय र सहजीकरण गर्ने सबैलाई वैठकले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...