लिम्बुवानद्वारा झुटा मुद्दा लगाई पक्राउ परेका नेताहरुलाई बिनासर्त रिहाइ गर्न माग

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, १० असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान लिम्बवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले झुटा मुद्दा लगाई पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।

गत सोमबार ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका १ स्थित परमसिंह माविमा भएको सामान्य वादविवादलाई लिएर पक्राउ परेका मञ्चका प्रान्तीय सचिवालय सदस्य नविन पोमू, जिल्ला सदस्य तथा निर्वाचित वडा सदस्य मल्लराज पोमू, जिल्ला सदस्य अजय पोमू लगायत स्थानीय मजदुरहरु पक्राउ परेकोमा रिहाईको माग गरेको हो ।

आज विहिबार मञ्चको जिल्ला समितिले विज्ञप्ति जारी गर्दै गाउँपालिकाका कर्मचारीहरुको तर्फबाट जारी गरेको विज्ञप्ति साथै मंगलबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्मा बुझाईएको भनिएको ज्ञापनपत्रमा सो स्कुलमा निर्माण कार्य भईरहेको भवन अनुगमन गर्न जाने क्रममा इन्जिनियर र सव इन्जिनियर माथि कुटपिट गरि ज्यानमार्ने उद्योग गरेको भन्ने आरोप झुठो र कपोकल्पित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा मञ्चले कर्मचारीहरुको पहिचान नखुलाई किर्ते हस्ताक्षर प्रयोग गरि स्थानीय सरकार, केही राजनीतिक दलले राजनीतिक प्रतिशोध साँध्न नेताहरुमाथि झुठो मुद्दा लगाईएको प्रति भत्र्सना गरेको छ ।

“घटना घटेकै दिन पिढित भनिएका द्वय कर्मचारीहरु स्वयमले सामान्वय वादविवाद भएकोमा मेलमिलाप गर्न खोजेको तर यसै विवादलाई अझ अतिरन्जित गरेको प्रति मञ्चले आपत्ती जनाएको हो ।” –मञ्चका जिल्ला सचिव असोक मादेनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...