प्रधानमन्त्रीको गृहनगर दमकद्वारा १ अर्ब ३८ करोड बजेटको नीति तथा कार्याक्रम सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, १० असार। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकले नीति तथा कार्याक्रम सार्वजनिक भएको छ । आज दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्याक्रम सार्वजनिक गरेको हो ।

प्रम ओलीको गृह नगर दमक नगरपालिकाले १ अर्व ३८ करोडको बजेटको नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । ९औं नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख तथा नगर प्रवक्ता गीता अधिकारीले बार्षिक नीति तथा कार्याक्रम प्रस्तुत गरेकि थिइन् ।

नगरले कोभिड–१९ सँग लड्न स्थापना गरेको अस्पताललाई थप व्यवस्थित गर्दै लानेमा नगरसभाले जोड दिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तीमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्ने उप–प्रमुख अधिकारीले बताइन् ।

संक्रमणका कारण बजेट केही कम भए पनि नगरबासीको जिऊधन रक्षामा आफूहरु लागि परेको र कुनै पनि क्षेत्रमा राजश्व बृद्धि नगरेको सभाका अध्यक्ष नगर प्रमुख रोमनाथ ओलीले बताए ।

बार्षिक नीति तथा कार्याक्रममा माइ पश्चिममा क्रियासिल पत्रकारहरुको संगठन दमक पत्रकार मञ्चलाई जग्गाको व्यवस्थापन गर्दै भवन निर्माणमा थप मद्दत गर्ने पनि उपप्रमुखले उल्लेख गरेकि छन् ।

आजनै झापा ५ नम्बर क्षेत्र अन्तर्गतका अन्य स्थानीय तह कलम गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले पनि बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...