पाँचथरका आठ वटै स्थानीय तहले एकैदिन गरे बजेट सार्वजनिक

 लिम्बुवान न्युज
                       

पाँचथर, ११ असार। जिल्लाका आठ वटै स्थानीय तहले बिहीबार एकैदिन बजेट सार्बजनिक गरेका छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कोरोना महामारीकाबीच स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नगर तथा गाउँसभा सम्पन्न गरिएको हो । जिल्लाको एकमात्र नगर फिदिम नगरपालिकाले कम भौतिक उपस्थितिमा जुम मार्फत नगरसभा सम्पन्न गरेको थियो ।

नगरपालिकाको नवौं नगरसभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्तकुमार नेम्बाङले जुम मार्फत गरेका थिए । मन्त्री नेम्बाङले नागरिकलाई प्रत्यक्ष लाभ मिल्ने किसिमका कार्यक्रममा स्थानीय तहले जोड दिनुपर्ने बताएका थिए ।

आर्थिक वर्ष २०७८÷०७९ का लागि जिल्लाका स्थानीय तहहरुको कूल बजेट ८ अर्ब २७ करोड ९६ लाख ७० हजार १४६ रुपैंयाँ रहेको छ ।

सबैभन्दा धेरै फिदिम नगरपालिकाले ९१ करोड ६५ लाख ३२ हजार १ सय २० रुपैँयाँ रकम विनियोजन गरेको छ । त्यसैगरी याङवरक गाउँपालिको ४५ करोड ७० लाख ९८ हजार रुपैंयाँ, हिलिहाङ गाउँपालिकाले ४९ करोड ३१ लाख ९५ हजार ९ सय ३६ रुपैंयाँ, फालेलुङ गाउँपालिकाले ४६ करोड १५ लाख ४१ हजार रुपैंयाँ गरेको छ ।

यसैगरी कुम्मायक गाउँपालिकाले ३४ करोड ६१ लख ८४ हजार ५१० रुपैंयाँ, फाल्गुनन्द गाउँपालिकाले ४६ करोड ४४ लाख ३४ हजार रुपैंयाँ, मिक्लाजुङ गाउँपालिकाले ५५ करोड ५७ लाख ८० हजार रुपैंयाँ र जिल्लाकै सबैभन्दा थोरै बजेट तुम्बेवा गाउँपालिकाले ३६ करोड ९७ लाख ४३ हजार ५ सय ८० रुपैँयाँ विनियोजन गरेको छ ।

चार्टमा पनि हेर्न सक्नुहुनेछः

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...