कमल टुकुरेकी संगीताको तीन दिनमा बन्यो घर, उनको जीवनमा एकाएक खुशी भित्रीयो

 लिम्बुवान न्युज
                       

कमल,११ असार। दाताले दिएको खानेकुरा सम्म ओत लगाएर राख्ने घरको अभाव झेलिरहेकी कमल ५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलाको जीवनमा एकाएक खुशी भित्रिएको छ । उनको घर र पारिवारिक अवस्थाका बिषयमा सञ्चार माध्यमहरुमार्फत खबर बाहिर आएपछि कमल गाउँपालिकाका केही मनकारी युवाहरुको समुहले तीन दिनभित्रै स्थानीय संगीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएर खुशी भित्रयाएको हो ।

दाताहरुको सहयोगमा प्राप्त खाद्यसामान (राहत) समेत ओत लगाउने ठाउँ थिएन, मेरै घरमा लगेर राखिदिन्थें– संगीताका छिमेकी शान्ता चेम्जोङ देवानले भनिन । उनले संगीताको जिवनमा यही घरनै सबैभन्दा खुशीको उपहार बनेको प्रतिक्रिया दिइन । संगीताको घर परिवारको अवस्थाबारे सञ्चार माध्यमहरुमार्फत बाहिर आएपछि केही मनकारी युवाहरुले थाहा पाए । उनको अवस्थाबारे जानकारी पाएपछि ४ दिन अघि संगीताको घरमा पुगेका कमल ५ का युवा शैक्षिक तथा सामाजिक व्यक्तित्व एकराज प्याकुरेलले भने– हामी यो ठाउँमा आयौं, अवस्था साँच्चैनै दयनिय देख्यौं र अग्रज दाईहरु र साथीभाईका बीचमा सरसल्लाह भयो, संगीताको घरका लागि हामीले स्टीमेट निकाल्यौं बर्खा लागिसकेको अवस्थामा लामो समय कुर्न सक्ने कुरा भएन तत्कालै हामी एक्सनमा गयौं, तीन दिनमा यो घर तयार भयो ।

यसरी बन्याे चिटिक्क परेकाे घर

उनले घर निर्माणको सोच बनाउँदा कतिपयले यसलाई मजाकका रुपमा लिन खोजेपनि तीन/चार दिनभित्रै घर निर्माण सकिँदा भने दंग परेको बताए । घर निर्माणको लागि नेपाली कांग्रेसका स्थानीय युवा नेता हुकुमसिंह राइले नेतृत्व लिए । यो काममा सहयोगी बने थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ र पवन लुइँटेल ।

उनीहरुको विशेष सहयोग त छदैं थियो भौतिक रुपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञ बहादुर थापा र दुर्गा अधिकारीले उसैगरी खटिएर संगीताको जिवनको सबैभन्दा खुशीको क्षण ल्याइदिएका हुन ।

यस्तो छ संगीताको कथा व्यथा

काखमा दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा एक बर्ष अघि संगीताका पति पुष्प राइको अचानक रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । त्यसको ६ महिनापछि संगीताको काखमा तेस्रो सन्तानका रुपमा कान्छी छोरी एलिना थपिएकी थपिइन तर दुख र बेसहारा जिवन उनका लागि दिनदिनै भारी बनिरहेको थियो ।

आफनै अवस्थाबारे केही बोल्न नसक्ने छिन संगीता । छिमेकी शान्ता चेम्जोङ (देवान) भन्छिन– मुर्छा पर्ने बिराम पनि रहेछ , खोला छेउमा गएको बेला डुबेर त्यस्तो घटना हुन गएछ । संगीताका पति पुष्पको मृत्युपछिको अवस्थाबारे बेलिबिस्तार लगाउँदै शान्ताले थपिन– सोझा सिधा, गरीबका छोराछोरी बिचरा बाबु मरेपछि झनै बेस्याहार भए ।

संगीताको परिवार त्यहाँ बस्नु अघि नातेदार (संगीताका काका ससुरा) को घरमा बस्थ्यो । आफना सन्तान पालन पोषणको जिम्मेवारी आफैं सम्हाल्ने अठोट लिएर पुष्प र संगीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्बासीका रुपमा टुकुरे टोलमा आएको थियो । अरुका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरीसहित चार जनाको परिवारको जिविकोपार्जन हुँदै आएको थियो । तर जब संगीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो, उनीमाथि भगवानले पनि अन्याय गरेको जस्तै भएको थियो । छिमेकी शान्ताको बुझाईमा संगीताका लागि जिवनकै सबैभन्दा धेरै खुशी यो घर प्राप्तीले दिएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...