साहित्यकार वैरागी काईलाको स्वास्थ्य अवस्था सुधारोन्मुख

 लिम्बुवान न्युज
                       

काठमाडौं, ११ असार। मस्तिष्कघात भएर अस्पताल भर्ना भएका साहित्यकार पूर्व कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार कवि काइँलाको प्रारम्भिक रिपोर्टमा प्रेसर बढेर समस्या भएको देखाएको बताएका छन् ।

साहित्यकार काइँलाको होश आइसकेको हुँदा के कारण समस्या भएको हो त्यो बारे पत्ता लगाउन आइसियुमा राखेर उपचार गरिहेको अस्पतालले जनाएको छ । उपचारमा डा. विश्वनाथ कोइराला, न्यूरो डा. कृष्ण ढुंगाना लगायतको टोली खटिएको अस्पताप प्रशासनले जनाएको छ ।

बिहीबार राति ११ बजे घरमै बसिरहेको बेला चक्कर लागेर लड्न पुगेका काइँलालाई ओम अस्पताल ल्याइएको थियो । ८२ वर्षीय काइँलालाई पहिला देखि नै प्रेसर र नाकको रक्तश्राव समस्या रहेको छोरी नामओति नेम्बाङले बताएकी छिन् ।

थोरै कविता लेखर स्थापित नाम बनाएका काइँलाका बृहत लिम्बु नेपाली अंग्रेजी शब्दकोशका साथै लिम्बू संस्कृतिसम्बन्धी एक दर्जन अनुसन्धानमुलक पुस्तक प्रकाशित छन् । लोकतन्त्र घोषणापछि गठित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनले पहिलो कुलपतिको जिम्मेवारीमा पाएका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;