दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
पाँचथर । आगामी आर्थिक वर्षदेखि फाल्गुनन्द गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ ।
लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने उदेश्यले लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको हो । साथै पालिका भित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने कार्यक्रममा उल्लेख भएको छ ।
पालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङले विहिवार सो कुरा घोषणा गरेका हुन् । गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित गरिएको जनाइएको हो ।
यस अघिदेखिनै पालिकामा मातृभाषाको रूपमा लिम्बू भाषा पढाइ हुँदै आएको छ । पालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै शिक्षा ऐन २०७८ जारी गरि कार्यान्वयनना ल्याउने र मातृभाषाको पठनपाठनलाई संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय भाषाको पाठ्यक्रमलाई समय सापेक्ष व्यावहारिक रूपमा परिमार्जन गरि प्रयोगमा ल्याउने भएको छ ।
राष्ट्रिय विभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्दको नामबाट नामाकरण गरिएको यो पालिका भित्र वहाँको कर्म क्षेत्र तथा समाधीस्थल रहेको हुँदा धार्मिक पर्यटकिय स्थलको रूपमा समेत विकास, प्रवर्द्धन तथा संरक्षण गरिने भएको छ ।
यस अगाडि इलामको माङ्सेबुङ् गाउँपालिकाको ५ नम्बर वडाले पनि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा संचालन गरि सकेको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...