फाल्गुनन्दमा बन्ने भयो ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

,   लिम्बुवान न्युज
                       

पाँचथर । आगामी आर्थिक वर्षदेखि फाल्गुनन्द गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ ।

लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने उदेश्यले लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको हो । साथै पालिका भित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने कार्यक्रममा उल्लेख भएको छ ।

पालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङले विहिवार सो कुरा घोषणा गरेका हुन् । गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित गरिएको जनाइएको हो ।

यस अघिदेखिनै पालिकामा मातृभाषाको रूपमा लिम्बू भाषा पढाइ हुँदै आएको छ । पालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै शिक्षा ऐन २०७८ जारी गरि कार्यान्वयनना ल्याउने र मातृभाषाको पठनपाठनलाई संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय भाषाको पाठ्यक्रमलाई समय सापेक्ष व्यावहारिक रूपमा परिमार्जन गरि प्रयोगमा ल्याउने भएको छ ।

राष्ट्रिय विभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्दको नामबाट नामाकरण गरिएको यो पालिका भित्र वहाँको कर्म क्षेत्र तथा समाधीस्थल रहेको हुँदा धार्मिक पर्यटकिय स्थलको रूपमा समेत विकास, प्रवर्द्धन तथा संरक्षण गरिने भएको छ ।

यस अगाडि इलामको माङ्सेबुङ् गाउँपालिकाको ५ नम्बर वडाले पनि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा संचालन गरि सकेको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;