पत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श

 लिम्बुवान न्युज
                       

बिर्तामोड, असार ११। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा भएको छ ।

शुक्रबार पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।

प्रमुख अतिथि महासंघका संस्थापक महासचिव भण्डारीले कोरोनाले सञ्चार क्षेत्र र सञ्चारकर्मीमा ठूलो प्रभाव पारेको बताउँदै यो बेला मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने र मनोबल बढाउनुपर्नेमा जोड दिए । कोरोना महामारीले उत्पन्न गरेको त्रासका बीच महासंघले सान्दर्भिक कार्यक्रम गरेको भन्दै भण्डारीले त्रास हटाएर सामान्य जीवनतर्फ फर्कन अहिलेको आवश्यकता भएको र अबको पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले पत्रकारको मनोबल बढाउनुपर्नेमा जोड दिँदै भने– ‘पत्रकारको मनोबल बढ्नु भनेको समाज एक कदम अगाडि बढ्नु हो ।’

कार्यक्रमका सहजकर्ता मानसिक एवम् मनोसामाजिक स्वास्थ्य राष्ट्रिय अभियान नेपालका संयोजक मनोविद् ढकालले अहिलेको समयमा मनोबल बढाउन तथा मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिए । ढकालले संक्रमण तथा संक्रमणपछिको अवस्थामा पनि मेडिटेशन, शारीरिक व्यायाम, निद्रा, सन्तुलित खानपान, सहयोगी भावना, पर्याप्त मनोरञ्जन र सुमधुर सम्बन्धमा ख्याल गर्नुपर्ने बताए । तनावमा हुँदा मनोबल घट्ने हुँदा तनाव व्यवस्थापन गर्दै हौसला, प्रेरणा र आत्मविश्वास बढ्ने गतिविधि बढाउनुपर्ने ढकालको सुझाव छ । उनले सकारात्मक ऊर्जा दिने पुस्तक पढ्न, भिडियो हेर्न सुझाएका छन् । तर, नकारात्मक प्रभाव पर्ने समाचार र सामाजिक सञ्जालबाट टाढा बस्न ढकालको सुझाव छ । आफूलाई जे गर्दा खुशी मिल्छ त्यस्ता कार्य गरेर मनोबल उच्च राख्दै मानसिकरुपमा स्वस्थ हुनुपर्नेमा मनोविद् ढकालले जोड दिएका छन् । अहिले कोरोनाबाट निको भएकामध्ये ३७ प्रतिशतलाई मानसिक समस्या देखिएको भन्दै उनले सबैका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको बताए ।

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत तथा सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रम आगन एफएम तथा महासंघको सामाजिक सञ्जालमार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यक्रममा कोरोना भाइरस संक्रमणको अवस्थामा रहेका, संक्रमण मुक्त भएका तथा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरुले मनोविद् ढकाल समक्ष विभिन्न जिज्ञासा राखेका थिए । महासंघ झापा शाखाले पत्रकारहरुका लागि आवश्यक परेको खण्डमा मनोविद्सँग मनोपरामर्श कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...