अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

फेदेन, १२असार।  लिम्बु भाषा इतिहासलाई संस्थागत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता २०७८ हुने भएको छ । याक्थुङ् मुन्चइत चोक सयङ्ले कथा संकलन, उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्न ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न प्रतियोगिता गर्न लागेको हो ।

संसारभरी छरिएर रहेका भाषा साहित्यमा कलम चलाउनु हुने स्रष्टा, लिम्बु भाषाका कथाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको सयङ्ले जनाएको छ ।

याक्थुङ मुन्चइत चोक सयङ्ले आयोजना गर्ने उक्त प्रतियोगितालाई आदीवासी जनजाति मातृभाषी प्रवद्र्धन समिति, चलचित्र विकास वोर्डको सहयोगमा हुने सयङ्का अध्यक्ष सुर्यप्रकाश चेम्जोङ्ले बताएका छन् ।

उत्कृष्ट लिम्बू कथाहरुलाई चलचित्र निर्माण गर्नको लागि थप मद्दत पुग्ने उद्देश्यका साथ ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गरेर लिम्बू भाषाका कथा सर्जकहरुलाई थप हौसला प्रदान गर्न यो प्रतियोगिता कोसेढुङ्गा बन्ने महासचिव वनेम विक्रम फागोले बताएका छन् । उनले भने– भाषा बचाउनलाई यस्ता प्रतियोगिताहरु गर्नु नितान्त आवश्यक छ । आउने पिढीहरुलाई समेत भाषा शिक्षण प्रति थप उर्जा मिल्लनेछ ।

कथा लिम्बू, अङ्ग्रेजी वा देवनगरिमा लेखिएता पनि लिम्बू बिषयसँग अनिवार्य जोडिएको हुनेपर्ने सविच दिनेश माङ्मुले बताए । छनौट भएका कथाहरुबाट सयङ्ले लघु या लामो चलचित्र निर्माण गरेर विक्रीवितरण गरेमा कथाकारको नाम राखिने बताइएको छ । यद्यपी सयङ्ले चलचित्र निर्माण गरेर वा दोस्रो कम्पनी अथवा व्यक्तिलाई विक्रीवितरण गरेमा कथाकारले दावी विरोध या उजुर गर्न पाउने छैन भनिएको छ ।

प्रतियोगी मध्येबाट उत्कृष्ट मुन्धुमी कथा पुरस्कार, उत्कृष्ट थिम् कथा पुरस्कार, उत्कृष्ट मिम् कथा पुरस्कार, उत्कृष्ट पर्यावरणीय कथा पुरस्कार र उत्कृष्ट डायस्पोरा कथा पुरस्कार प्रदान गरिने छ । तर, पुरस्कार रकम भने खुलाईएको छैन ।

प्रतियोगितामा सहभागी कथा ४ सय देखि ५ सय शब्दको हुने पर्ने छ भने छनौट भएका कथाहरुको नतिजा यहि असार २७ गते जुम भर्चुअल कार्यक्रमबाट सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...