जिल्ला समन्वय झापाद्वारा तटबन्धन नगर्न निर्देशन

 लिम्बुवान न्युज
                       

दमक, लिम्बुवानखबर। दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन गरको भन्द्र जिल्ला समन्वय समितिद्वारा तत्काल तटबन्धन निर्माण नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले वडा नं. १ स्थित नमूना टोल पूर्वपट्टि रतुवाखोलामा अवैध रुपले तार जाली प्रयोग गरेर तटबन्धन निर्माण गरेका कारणले कमल गाउँपालिका वडा नंं ५ मा प्रत्यक्ष असर पर्न जाने भएको हुँदा तत्कालका लागि तटबन्धन निर्माण कार्य बन्द गर्न कार्यालयले नगरपालिकालाई निर्देशन दिएको हो ।

आगामी दिनमा तटबन्धन निर्माण गर्दा सम्बन्धित पालिकाका जनप्रतिनिधिको सहमतिमा मात्र बाँध निर्माण गर्ने व्यवस्था मिलाउन समेत समन्वय समितिले नगरपालिकालाई आदेश दिएको छ ।

रतुवा खोला दमक र कमलको बिचमा बग्ने भएको हुँदा तटबन्धन निर्माण पूर्व दुई पक्षका जनप्रतिनिधि बसेर समन्वय गर्नु पर्ने स्थानीयहरु बताउँछन् । बर्षामा थप क्षति रोक्नु पर्ने भएको हुँदा तत्काल निकास निकाल्न समेत स्थानीय सरकारसँग लुङधुङ टोलका सचिव पत्रकार डिल्लीश्वर मुहाङ्ले माग गरेका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...