दमक ८ को मिलन मार्ग कालो पत्रे गर्ने काम सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, १३ असार । दमक ८ स्थित गणतन्त्र चोक दक्षिण मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे गर्ने काम सकिएको छ ।
वडा नं. ८ को मिलन मार्ग देखि दक्षिण कस्मिक पार्टी प्यालेस सम्म, पश्चिममा बिकास मार्ग र पूर्वमा नारायण पराजुलीको घर छेउको सिमानासम्मको बाटो पूर्वाञ्चल कन्ट्रक्सन भद्रपुरको निर्माणमा कालो पत्रे गर्ने काम सकिएको हो ।

संघीय सरकारको शहरी बिकास कार्यालयको बजेटबाट कुल ५सय मिटर लम्वाइको सडक कालो पत्रे गरेको कन्ट्रक्सनका इन्जीनियर प्रकास कुमार सिंहले बताए । मिलन मार्गको सडक भ्याट वाहेक २६ लाख ३७ हजार ९ सय ८९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

यो सडकको आयु ४ देखि ६ वर्ष हुने निर्माण ब्यवसायीहरु बताउछन् । प्रत्येक ३ वर्षमा यस सडकको अवधिक मर्मत सम्भार गरियो भने धेरै वर्ष सडकको कालो पत्रेको आयु बढने निर्माण ब्यवसायी बल बहादुर लिम्वूले बताउनु भयो । यसको लागि टोलबासी उपभोक्ता सजक र सचेत हुनु पर्ने लिम्बूको भनाई छ ।

बजेटको ब्यवस्थामा सहयोग गर्नुहुने प्रधानमन्त्रीको सचिवालय सदस्य होम बहादुर थापा, निर्माण कार्यमा अहोरात्र खटने शहरी बिकासका इन्जीनियर, प्राविधिक टोली, निर्माण उपभोक्ता समितिका पदाधिकारी टोल विकास संस्था लगायतको सहयोगमा सडक कालो पत्रे भएको मिलनमार्ग निर्माण उपभोक्ता समिति दमक ८ का अध्यक्ष हरि प्रसाद चापागाईले जनाएका छन् ।

 

 

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;