दमक, १५ असार। झापाको दमकबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राईका साथै चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दिउँसो सँवा ३ बजे दमक–६ थाना रोडमा शंकास्पद अवस्थमा हिडिरहेका २६ बर्षीय विवेक र २२ बर्षीय सौरभलाई खानतलासी गर्ने क्रममा लागुपदार्थ जस्तो देखिने बस्तु प्लास्टिकमा बेहेर राखेको पाईएपछि अनुसन्धानको क्रममा २ ग्राम ब्राउनसुगर फेला गरेको थियो ।
उनीहरुलाई सोधपुछको क्रममा आफूहरुले उक्त लागुऔषधी चुलाचुली ४ घर भई हालदमक ५ डेरा गरी बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भनिने खगेन्द्र सावाँबाट खरिद गरेको भन्ने वयानको आधारमा निजहरुको कोठा खानतलासी गर्दा ५ लाख १४ हजार ३०० नगद र २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।
प्रहरीले चुलाचुली स्थित बिक्रमको घरबाट ५ ग्राम र खगेन्द्रको घरबाट २.३ ग्राम लागुपदार्थ समेत गरि ९.३ ग्राम लागुपदार्थ र ३ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।