नगद सहित लागूऔषध कारोबारमा सम्लग्न ४ जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक, १५ असार। झापाको दमकबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राईका साथै चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सोमबार ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दिउँसो सँवा ३ बजे दमक–६ थाना रोडमा शंकास्पद अवस्थमा हिडिरहेका २६ बर्षीय विवेक र २२ बर्षीय सौरभलाई खानतलासी गर्ने क्रममा लागुपदार्थ जस्तो देखिने बस्तु प्लास्टिकमा बेहेर राखेको पाईएपछि अनुसन्धानको क्रममा २ ग्राम ब्राउनसुगर फेला गरेको थियो ।

उनीहरुलाई सोधपुछको क्रममा आफूहरुले उक्त लागुऔषधी चुलाचुली ४ घर भई हालदमक ५ डेरा गरी बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भनिने खगेन्द्र सावाँबाट खरिद गरेको भन्ने वयानको आधारमा निजहरुको कोठा खानतलासी गर्दा ५ लाख १४ हजार ३०० नगद र २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

प्रहरीले चुलाचुली स्थित बिक्रमको घरबाट ५ ग्राम र खगेन्द्रको घरबाट २.३ ग्राम लागुपदार्थ समेत गरि ९.३ ग्राम लागुपदार्थ र ३ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...