मेची नगरपालिकालाई राजवंशी समाजको ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

दमक/ मेची नगरपालिकाले एकलौटी ढंगबाट सम्बन्धि पक्षहरूसंग छलफल र संवाद नगरी मेचे जातीलाई नगरको प्रथम जाती घोषणा गर्न लागेको भन्दै राजवंशी समाज विकास समितिले आपत्ति जनाएको छ । मेचीनगरपालिकाले आठौं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम मार्फत मेचे जातिलाई सम्मानसहित प्रथम जाती घोषणा गर्ने निर्णय गरेकोमा समाजले आपत्ति जनाएको हो ।

राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वर प्रसाद राजवंशी, मेची नगर अध्यक्ष दिनेश राजवंशी, केन्द्रीय सल्लाकार पानीलाल राजवंशी, जिल्ला सचिव मुनिलाल राजवंशीलगायतले निर्णय सच्चाउनु पर्ने भन्दै नगर प्रमुख विमल आचार्यलाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । वास्तविक प्रथम जाति हुने ऐेतिहासिक ठोस प्रमाणहरू के– के हुन् ? ती प्रमाण जुटाएर कार्यदल बनाई सम्बन्धि पक्षको पनि सहभागीतामा प्रथम जाती घोषणा गर्न समाजले माग गरेको छ ।

मेचीनगरपालिकाको साविक गाविसका नामहरू नकलबन्दा, काकरभिट्टा, धुलाबारी, ज्यामिरगढी, दुहागढी त्यसैगरी कायाँटुली, तेलीवारी, हेद्लुवारी, गोलबारी, गजाबारी, मदनबारी, बमबारी, भाङ्गालाबारी लगायतका धेरै स्थानिय गाउँहरूको नामहरू राजवंशी भाषामा रहेको पुरानो प्रमाणहरू भएको राजवंशी समाज विकास समितिका जिल्ला सचिव मुनिलाल राजवंशीले बताए । ऐतिहासिक जातिय प्रमाणका आधारमा मेचीनगरपालिकामा राजवंशी जातिको बलियो उपस्थिति रहेको हुदाँ नगरपालिकाले राजवंशी जातिलाई नगरको प्रथम जातिको रूपमा घोषणा गर्नु पर्ने सचिव मुनिलालले बताए ।

झापा, मोरङ्ग र सुनसरीमा आदिमकालदेखि बसोबास गर्दै आएको भुमीपुत्रको रूपमा रहेको राजवंशी जातीहरूको आफ्नै मौलिक भाषा, संस्कृति, रहनसहन र भेषभुषा रहेको भन्दै समाजले नगरप्रमुख आचार्यलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
नगरले प्रथम जाति घोषणा गर्दा ऐेतिहासिक प्रमाणका आधारमा प्रथम जाति घोषणा गर्न समाजले नगरपालिकासंग माग गरेको हो ।

‘यस नगरको आदीवासीमध्ये मेचे जातिको भाषा र संस्कृतिलाई पनि उतिकै सम्मान गर्दछौ’ समाजले ध्यानाकर्षण पत्रमा भनेको छ । समाजले राजवंशी जातीलाई प्रथम जाती घोषणा नगरे वा वेवास्ता गरे चरणबद्व आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । (तस्वीरःकोचिला न्यूज)

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...