रहेनन् झापाको साहित्यिक धरोहर तेराख

,   लिम्बुवान न्युज
                       

दमक, १६ असार। झापाका प्रगतिशील साहित्यका एक नक्षत्र तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको छ । बुधबार बिराट नर्सिङ होम बिराटनगरमा उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे निधन भएको हो ।

श्वासप्रश्वास तथा ढाँडको समस्या भएपछि उनलाई तीन दिन अघि बिराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो । उनका काव्य–कविता प्रिया (खण्डकाव्य, प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फुलहरु (कविता संग्रह), पश्चिमी हवा प्रकाशित छन् ।

त्यस्तै, कथासंग्रह सिमीको बोट, मेको प्रेम, निबन्धमा ढाडेका नाकमा घिऊ, म आगो र पानीहरु, नाटकमा अझै यहाँ उस्तै छ, टेस्टट्यूब बेबी, उपन्यासमा रातको बार बजे, सर्वजा, अवस्थल, वाङ्मयमा महिलाहरुमा झापालीको सन्देश, गोल चिन्तन (विज्ञान दर्शन), खोजमा महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय), मय विधाको प्रस्तावना प्रकाशित कृति हुन् ।

२००१ सालमा झापाको शान्तिनगरमा जन्मिएका उनका दर्जन बढी कृति चर्चित छन् । साहित्य नै सबथोक ठान्ने खतिवडा अनवरत् रुपमा विभिन्न विधामा कलम चलाउँदै आएका थिए । धुलाबारी निवासी उनको निधनले झापाली साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली दिनेक्रम जारी रहेको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;