चिनीयाँ कम्युनिष्ट पार्टीले मनायौं १००औं बर्षगाँठ

 लिम्बुवान न्युज
                       

एनेन्सी। चिनियाँ कम्युनिष्ट पार्टीले आजबाट सय वर्ष पूरा गरेको छ । सत्तारूढ पार्टीले सय वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियामेन स्क्वायरमा भव्य कार्यक्रम आयोजना गरी १००औं बर्ष गाँठ भव्य रुपमा मनाएको छ ।

उक्त कार्यक्रममा पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले चीनलाई होच्याउने युगको सधैँका लागि अन्त्य भइसकेको बताएका छन् ।

‘चिनियाँहरू पुराना कुराहरूलाई ध्वस्त पार्न मात्र होइन नयाँ संसार बनाउन पनि सिपालु छन्,’ सीले भने, ‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ ।’

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो बैठक सांघाईमा भएको थियो। उक्त बैठक ठ्याक्कै कहिले भएको थियो भन्ने एकिन छैन। पछि माओ त्से तुङले जुलाई १ मा उक्त बैठक भएको बताएका थिए। सोही आधारमा जुलाई १ लाई चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको रूपमा मनाइन्छ ।

सशस्त्र युद्ध गरेको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा राजधानी बेइजिङमा जित हासिल गरेको थियो। सोही वर्ष अक्टोबर १ मा माओले चीनलाई जनवादी गणतन्त्र घोषणा गरेका थिए ।

त्यसयता चिनियाँ कम्युनिष्ट पार्टी लगातार सत्तामा छ । तमाम उतार–चढावका बीच पछिल्लो समय चीन शक्ति राष्ट्रका रूपमा उदाएको छ। संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ५२ लाख पार्टी सदस्य छन्। त्यो भनेको चीनको जनसंख्याको ६.७ प्रतिशत हो ।

सुरूमा किसान र मजदुरको पार्टीका रूपमा स्थापित भएको पार्टीमा सन् १९८२ देखि विश्वविद्यालयका विद्यार्थी र सन् २००२ देखि निजी उद्यमीलाई पनि सदस्यता दिन थालिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा महिलाको सदस्यता संख्या २८.८ प्रतिशतमात्र छ भने पार्टीका सबै शीर्ष सात नेता पुरुष छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी संसारकै दोस्रो ठूलो राजनीतिक पार्टी हो । सदस्यका हिसाबले सबैभन्दा ठूलो राजनीतिक दल भारतीय जनता पार्टी हो । उसका १८ करोड पार्टी सदस्य छन् ।

(तस्वीरः विभिन्न एजेन्सीहरूबाट)

 

 

 

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...