पालिकाद्वारा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत

 लिम्बुवान न्युज
                       

चुलाचुली। चुलाचुली गाउँपालिकाको आठौ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाको समापन कार्यक्रममा पालिका भित्रका विभिन्न विधाका उत्कृष्टहरुलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ ।

यसैक्रममा सर्वोकृष्ट कर्मचारी लेखा अधिकृत मिलन कुमार भट्टराई बनेका छन् । त्यस्तै वडा सचिवहरुमा उत्कृष्ट कर्मचारी चुलाचुली १ की वडासचिव निरु घिमीरे बनेकी छन् ।

यसरी नै टठ बहादुर तिम्सिना उत्कृष्ट कार्यालय सहयोगी बनेका छन् । उत्कृष्ट प्राविधिक सहायकमा दीपेन्द्र राई, उत्कृष्ट सिनियर अनमी स्वास्थ्य शाखा कर्मचारीमा विमली राई बनेकी छन् ।

पालिका भरीको उत्कृष्ट शिक्षक र शिक्षिकामा क्रमशः बालज्योति माविका शिक्षक रुद्र प्रभात गिरी र श्री पञ्चकन्या आविका शिक्षिका खडी माया प्रधान बनेकी छन् । त्यसैगरी उत्कृष्ट विद्यालय कर्मचारीमा गीताञ्जली आबिका डमरु घिमीरे बनेका छन् । पालिकाकै उत्कृष्ट माविमा किरातेश्वर मावि, चुलाचुली ३, उत्कृष्ट विद्यालय आविमा पञ्चकन्या आवि चुलाचुली २ पर्न सफल भएका छन् ।

यसरी नै चुलाचुली–४ को प्रगतिशिल मार्ग दक्षिण जोगी टोल जाने बाटो स्तर उन्नती उपभोक्ता समितिलाई उत्कृष्ट समितिबाट पुरस्कृत गरेको पालिकाले जमुना कन्ट्रक्सन एण्ड सप्लायर्स, इलामका प्रोपाइटर नारद मणि साम्पाङ्लाई उत्कृष्ट निर्माण व्यवसायीको रुपमा पुरस्कृत गरेको छ ।

सम्मानित एवंम् पुरस्कृत उत्कृष्टहरुलाई गाउँसभा समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले सम्मान गरेका छन् ।

गाउँपालिकाले आठौं गाउँसभा यहि असार ७ गतेबाट शुरु गरेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...