कमलमा स्थानीय सरकारद्वारा २० जातीय संस्थालाई सामग्री हस्तान्तरण

,   लिम्बुवान न्युज
                       

  • बसन्तराज सुब्बा

झापा, २०असार। झापाको कमल गाउँपालिकाले २० जातीय संघ संस्थाहरुलाई भेषभूषा तथा संस्कृति झल्कने सामाग्री हस्तान्तरण गरेको छ । नेपाल आदिवासी जनजाति महासंघले आज आयोजना गरेको प्लम्बिङ् तालिम समापन कार्यक्रममा सामाग्री वितरण गरिएको हो ।

कमल ३ को शहिद धर्म भक्त माविमा महासंघले स्थानीय सरकारको सहयोगमा संचालन गरेको ४५ दिने प्लम्बिङ तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष निर्मला दाहाल र विशिष्ट अतिथि उपाध्यक्ष बेनु सिवाकोटीद्वारा विभिन्न २० सुचीकृति आदिवासी जनजातिका संस्थाहरुलाई च्याब्रुङ, बाजागाजा, राष्ट्रिय झण्डा संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी ४५ दिने प्लम्विङ तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । उक्त प्लम्बिङ तालिमलाई भिम तामाङ र दुर्गाप्रसाद रिजालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि काफ्लेले नेपाल एक बहुजातिय, बहुसंस्कृति, बहुभाषिक र विविधता युक्त भएको मुलुक भएको हुँदा भाषा, संस्कार, संस्कृति लोप हँुदै जाँदा त्यसको संरक्षण र प्रबन्धनको लागि सरकारको बजेट अनुरूप हाम्रो कमल गाउँपालिकाले पनि सहयोग गर्दै आईरहेको बताइन् । अध्यक्ष काफ्लेले स्वरोजगार कार्यक्रम अन्तर्गत ४५ दिने प्लम्बिङ तालिम लिनुहुने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिएका छन् ।

कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिकाका अध्यक्ष छत्रहाङ् फागोको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा कमल गाउँ महिला विकास शाखा प्रमुख रेनुका गौतम, ३ नं. वडाध्यक्ष नर प्रसाद दंगाल, लालिमा बोडिङ स्कुलका प्रिंसिपल गौरीमान फागो, फोनिक्स बोडिङका प्रिन्सीपल बद्री सम्पाङ राई, स्कूल व्यवस्थापक समिति अध्यक्ष चक्र गुरुङ, महिला समावेशी शशक्तिकरणका अध्यक्ष गौरा चापागाई, समाजसेवी मन कुमार थलङ लगायत २० वटा जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अकल बहादुर गुरुङले गरेका थिए भने संचालन संस्थाका सचिब मन कुमार तामाङले गरेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;