जन्मोत्सबमा १ सय ३८ विपन्न परिवार खाद्यान्न बितरण

 लिम्बुवान न्युज
                       

फिदिम, असार २१। पाँचथरको साबिक याङनाम गाबिसका पूर्व प्रधानपञ्च तथा समाजसेवी हस्तराज थाम्सुहाङ र उहाँकी श्रीमती लक्ष्मी कुमारी लक्सम (थाम्सुहाङ) को ८५ औँ जन्मोत्सवको अवसरमा वडाका अतिवपिन्न परिवारलाई खाद्य सामग्री बितरण गरिएको छ ।

हाल फिदिम नगरपालिका १० याङनामका १ सय ३८ बिपन्न घर परिवारलाई खाद्यसामग्री बितरण गरिएको हो ।

कोरोना महामारीमा जारि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई घरमै पुगेर खाद्यान्न बितरण गरिएको थाम्सुहाङका साहिला छोरा होमराजले जनाएका छन् ।

बुवा आमाको जन्मोत्सवको अवसर पारेर दुई लाख बराबरको खाद्यान्न बितरण गरेको हो । –साइला छोरा हेमराजले भने । ‘कोरोनाको कारण बुवा आमाको ८४औं पूजा गर्न नपाएपछि गाँउका मानिसलाई खाद्यन्न बितरण गरिएको हो । थाम्सुहाङ दम्पतिको जन्म दिन केही दिनको फरक भएकाले खाद्यान्न बितरण भने एकैसाथ गरि जन्मोत्सव मनाइएको थाम्सुहाङ परिवारको भनाइ छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...