काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न विज्ञप्ति जारी गर्दै आज (सोमबार) आह्वान गरेको छ । आयोगले मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो ।
सरकारले दोस्रो पटक संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सोही अनुरुप कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यस्तै कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्र्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम तय गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने जनाएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
हेर्नुहोस् निर्वाचन आयोगको सूचना
