कोपा अमेरिका फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने पक्का

,   लिम्बुवान न्युज
                       

एजेन्सी । कोपा अमेरिकाको सेमिफाइनल खेल सकिएको छ । पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई र अन्तिम सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरि यि दुई टिमबिच फाइनल खेलमा पक्का भिड्ने निश्चित गरेका छन् ।

बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । खेलमा अर्जेन्टिनाले सातौं मिनेटमा लियोनल मेसीले डिबक्स भित्रबाट उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै अग्रता दिएका थिए ।

तर, दोस्रो हाफको ६१ औं मिनेटमा कोलम्बियाका लुइस डियाजको गोलमार्फत खेलमा फर्किएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट अर्जेन्टिनाले ३–२ ले बाजी मारेको हो ।

टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भएको थियो ।

यस्तैगरी सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।

आयोजक ब्राजिल र अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो । रोचक कुरा अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसंग फाइनल खेल्न लागेको हो । नेयमार भर्सेज मेस्सीको भिडन्त अब फाइलनसँगै सकिनेछ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;