पाँचथर जोरसाल हत्या काण्डका आरोपित पक्राउ

,   लिम्बुवान न्युज
                       

फिदिम। पाँचथरको फिदिम ४ जोरसालका ७९ बर्षिय वृद्धको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वृद्ध टेकबहादुर लिम्बुको हत्या आरोपमा फिदिम २ पल्लोटार बस्ने ५९ बर्षिय जिवनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको २५ दिनपछि हत्या आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको पाँचथरका प्रहरी प्रमुख डीएसपी दान बहादुर थापाले बताए ।

घटना पश्चातनै शंकाको घेरामा रहेका श्रेष्ठलाई वुधबार घरबाटनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डम्बर विश्वकर्माले बताएका छन् । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ । जिल्ला यान्त्रीक कार्यालय फिदिममा सुरक्षा गार्डको रुपमा काम गर्ने श्रेष्ठले बाम्फोक प्रहार गरी हत्या गरेको खुल्न आएकोे छ ।

हत्या गरिएका व्यक्तिसँग जग्गाको साँध सिमानाको विषयमा विवाद भई हत्या गरिएको अनुसन्धानबाट खुलेको थापाको भनाई रहेको छ । हत्या गरिएका लिम्बु भारतीय सेवानिर्वित कर्मचारी हुन् । थप अनुसन्धानबाट विवरणहरु विस्तृत विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ । हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर समेत प्रहरीले असन्धानको क्रममा परिचालन गरेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;